IME Life New

नेशनल हाइड्रोपावरको २९औँ वार्षिक साधारणसभा असार ३१ गते हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल हाइड्रोपावरले आफ्नो २९औँ वार्षिक साधारणसभा आगामी असार ३१ गते गर्ने भएको छ। साधारणसभा बिहान ११ बजे काठमाडौंको कालिकास्थानस्थित अमृत भोग क्याटरिङमा बस्नेछ।

सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यसैगरी, सभाले आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा एक महिला सहित सात जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू अनुमोदन गर्नेछ ।

कम्पनीले साधारण सभाका लागि असार १६ गते एक दिनका लागि शेयर दर्ता किताब बन्द (बुक क्लोज) गर्ने भएको छ । त्यसकाण असार १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका शेयरधनीहरूले सभामा सहभागी हुन सक्नेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS