IME Life New

जेनजी आन्दोलनको प्रभाव: नेपाल रि रु. ७.९८ अर्बले घाटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८२।८३ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष पुसम्मको कम्पनीले ७ अर्ब ९८ करोड ५१ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को यही अवधिसम्म कम्पनीले ५३ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। जेनजी आन्दोलनको क्षतिको प्रभाव सरकारी स्वामित्वको पुनर्बीमा कम्पनीमा देखिएको हो।

Esewa
Crest

समीक्षा अवधिसम्म शेयर पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड २३ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ७ अर्ब ५ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ९२ करोड १६ लाख रुपैयाँ, महाविपत्ति कोषमा ४२ करोड ७६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९३ करोड ३७ लाख रुपैयाँ र अन्य इक्विटीमा ८२ करोड २३ लाख रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको पुससम्म कम्पनीले ४ अर्ब ९ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ४ अर्ब ३७ करोड ७४ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ६.३९ प्रतिशतले घटेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ३ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ४ अर्ब १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन ८.८८ प्रतिशतले घटेको छ।

समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ५९.४९ रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष ईपीएस ३.९७ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ ९३.१६ रुपैयाँमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS