IME Life New

मोहन डाँगीको नेतृत्वमा इप्पानको नयाँ कार्यसमिति चयन, अन्य पदाधिकारीमा को-को ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौ । मोहनकुमार डाँगीको अध्यक्षतामा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)को नयाँ कार्यसमिति चयन भएको छ।

काठमाडौंमा शनिबार सम्पन्न सम्पन्न इप्पानको २४ औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको हो। संस्थाको संशोधित विधानको धारा १५ को उपधारा १२ बमोजिम संस्थाको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ। सोही व्यवस्थाबमोजिम डाँगी स्वतः अध्यक्ष भएका छन्।

Esewa
Crest

यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन वरिष्ठ तथा उपाध्यक्षहरुमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध चयन भएका छन्।

नयाँ कार्यसमितिको महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) र उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित हुँदा सचिवहरुमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध चयन भएका छन्।

कार्यसमितिको कोषाध्यक्षका लागि भने निर्वाचन भएको थियो। जसअनुसार शंकर बस्याल २६७ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी मिथुन चक्रवर्ती प्रसाद पौडेलले ८२ मत ल्याए।

समितिको खुला सदस्यमा अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS