IME Life New

भुजुङ्ग हाईड्रोपावरको साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा आज जेठ २९ गते सम्पन्न भएको छ । सभा काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा सफलतापूर्वक सम्पन्न भएको हो ।

उक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट माधव राज आचार्य, डा. हिमाल भट्टराई, राजेश्वर दुवाल, टंक प्रसाद सुवेदी तथा सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् ।

Esewa
Crest

त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट जेलिना श्रेष्ठ निर्वाचित भएकी छन् भने साधारण सभाले स्वतन्त्र संचालकमा रीता गौतमलाई मनोनयन गरेको छ ।

साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो ।

कार्यक्रममा शेयरधनीहरुबीच कम्पनीको भावी रणनीति तथा विकासका विषयमा सकारात्मक अन्तरक्रिया समेत भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS