IME Life New

धितोपत्र ऐनबमोजिमको कसुरमा निलम्बनमा पर्ने रिस्कमा बीमा कम्पनीका को छन् बाँकी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले धितोपत्र ऐन, २०६३ बमोजिम कानुनी कारबाहीको माग गर्दै बीमा कम्पनीका पदाधिकारी तथा कर्मचारीविरुद्ध मुद्दा दायर भएसँगै उनीहरु कुनै पनि बेला निलम्बनमा पर्ने सम्भावना रहेको छ।

मुद्दा दायर गरिएकाहरुलाई निलम्बन गर्न नेपाल धितोपत्र बोर्डले बीमा नियामक नेपाल बीमा प्राधिकरणलाई लेखि पठाएमा अभियोग दायर गरिएकाहरुमध्ये बीमा कम्पनीमा आबद्ध सबैजना निलम्बनमा पर्नेछन् । धितोपत्र ऐनअन्तर्गत मुद्दा दायर गरिएकाहरु ८१ जनामध्ये आधाभन्दा बढी अभियुक्तविरूद्ध बीमा ऐन २०७९ अन्तर्गत काठमाडौं जिल्ला अदालतमा छुट्टै मुद्दा दायर भएकाले उनीहरु स्वतः निलम्बनमा परिसकेका छन्।

Esewa
Crest

धितोपत्र ऐनको दफा, १०४ मा ऐनबमोजिमको कसुरको आरोपमा कारबाही चलाइएको व्यक्ति पदमा बहाल रहिरहँदा आफ्नोविरुद्धको प्रमाण लोप वा नाश गर्न सक्ने वा मुद्दाको तहकीकातमा बाधा व्यवधान पुर्याउन सक्ने मनासिब कारण भएमा बोर्डले त्यस्ता व्यक्तिलाई निलम्बनमा राख्न सम्बन्धित संस्थामा लेखी पठाउन सक्ने व्यवस्था छ।

धितोपत्र बोर्ड ऐन २०६३को दफा १०४ को प्रावधानमा कसूरका अभियुक्तविरूद्ध थुना, धराैटी वा निलम्बनमा राखी मुद्दाको अनुसन्धान गर्न सकिने र कारवाही चलाइएको व्यक्तिलाइ पदबाट निलम्बनका लागि सम्बन्धित निकायमा सिफारिश गर्न सकिने प्रावधान समेटिएको छ।
धितोपत्र बोर्ड ऐन २०६३ दफा १०४

शेयर कारोबारमा अनियमितता गरेको अभियोगमा बिगोबमोजिम जरिवाना तथा क्षतिपूर्तिसमेत माग गरेर अभियोग पत्र दायर भएका बीमा कम्पनीमा आबद्ध बहालवाला तथा पूर्वपदाधिकारी तथा सञ्चालकहरुः

हिमालयन रिइन्स्योरेन्समा आबद्धहरू

१. उपासना पौडेल: प्रमुख कार्यकारी अधिकृत (निलम्बित)
२. मनिष कुमार: लगानी समिति सदस्य
३. राजीव मोर: तत्कालीन सञ्चालक
४. शुभेच्छा खरेल: तत्कालीन सञ्चालक
५. सुभास कुमार झुनझुनवाला: तत्कालीन सञ्चालक
६. अमित मोर: तत्कालीन सञ्चालक
७. शेखर गोल्छा: तत्कालीन तत्कालीन सञ्चालक
८. रोहित गुप्ता: तत्कालीन तत्कालीन सञ्चालक
९.शाहिल अग्रवाल: तत्कालीन लगानी समिति संयोजक
१०.सुलभ अग्रवाल: तत्कालीन सञ्चालक

हिमालयन लाईफ ईन्स्योरेन्समा आबद्धहरू

१. विवेक कुमार शाह: तत्कालीन सञ्चालक
२. लक्ष्मण ज्ञवाली:  तत्कालीन सञ्चालक
३. राजिव प्रसाद प्याकुरेल: तत्कालीन सञ्चालक
४. आशिष ढकाल: सञ्चालक
५. सौरभ दुगड: सञ्चालक
६. सचिन आचार्य: सञ्चालक
७. प्रमिला केसी: सञ्चालक
८. दिगम्बर झा: तत्कालीन सञ्चालक
९. कपिल कुमार दाहाल: प्रमुख कार्यकारी अधिकृत((निलम्बित)

गार्डियन माइक्रो लाइफमा आबद्धहरू

१. डा. जयप्रकाश जैसवाल: सञ्चालक
२. उदयनारायण भट्टराई: सञ्चालक
३. प्रमोद प्रसाद भट्टराई: सञ्चालक
४. ज्योती अग्रवाल: सञ्चालक
५. नवराज मुडभरी: सञ्चालक
६. चिरायु भण्डारी: प्रमुख कार्यकारी अधिकृत (निलम्बित)
७. ज्योती प्रकाश पाण्डे: लगानी समिति सदस्य
८. समीर खरेल: लगानी समिति सदस्य
९. उदिप श्रेष्ठ: अध्यक्ष
१०. त्रिशिला झुनझुनवाला: सञ्चालक

प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्समा आबद्धहरू

१. दिनेश सरिया: सञ्चालक सदस्य
२. नितेश मालपानी: सञ्चालक सदस्य
३. भानुभक्त पोख्रेल: सञ्चालक सदस्य
४. कीर्तीका अग्रवाल: तत्कालीन सञ्चालक अध्यक्ष
५. निरू दाहाल: तत्कालीन सञ्चालक सदस्य
६. गणेश राज पन्त:  तत्कालीन सञ्चालक सदस्य
७. दिपेश कुमार श्रेष्ठ: लगानी समिति सदस्य सचिव
८. नरेश कुमार रोका: प्रमुख कार्यकारी अधिकृत (निलम्बित)

क्रेष्ट माईक्रो ईन्स्योरेन्समा आबद्धहरू
१. विदुर पुरी: सञ्चालक
२. मृदुला सरिया: सञ्चालक
३. विनोद नरसिंह श्रेष्ठ: सञ्चालक
४. ईश्वरलाल श्रेष्ठ: सञ्चालक
५. सुनिता मर्हजन: सञ्चालक
६. रोहित करण वैद्य: लगानी संयोजक
७. प्रतापमान श्रेष्ठ: प्रमुख कार्यकारी अधिकृत (निलम्बित)
८. ऋषिराज मोर: तत्कालीन अध्यक्ष
९. पवित्र लाल चुके: तत्कालीन सञ्चालक सदस्य

लिबर्टी माईक्रो लाईफ ईन्स्योरेन्समा आबद्धहरू

१. बलराम खत्री: सञ्चालक सदस्य
२. नेहा अग्रवाल: सञ्चालक सदस्य
३. आसिस सिंह: सञ्चालक सदस्य
४. राम कुमार यादव: प्रमुख कार्यकारी अधिकृत(निलम्बित)
५. देवेन्द्र धिताल: वित्त विभाग प्रमुख
६. निकोलस पाण्डे: अध्यक्ष
७. मनिष तिमिल्सिना: संयोजक

नेपाल माइक्रो इन्स्योरेन्समा आबद्धहरू

१ आशिष श्रेष्ठ: अध्यक्ष
२ मृगेन्द्र नाथ रिमाल: प्रमुख कार्यकारी अधिकृत (निलम्बित)
३ सिद्धान्त झुनझुनवाला: सञ्चालक
४ लतिका गोल्यान: सञ्चालक
५ बद्री सिग्देल: सञ्चालक
६ प्रविना दाहाल: सञ्चालक
७ सुजल मल्ल: लगानी समिति सदस्य

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS