IME Life New

एपोलो हाइड्रोपावरको शेयर मंगलबारबाट कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एपोलो हाइड्रोपावरको शेयर भोलि मंगलाबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

एपोलो हाइड्रोपावरको आइपीओ आज सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको आइपीओ नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। सोही व्यवस्थाबमोजिम यो कम्पनीको शेयर भोलि मंगलबारबाट आउने भएको हो।

Esewa
Crest

नेप्सेमा एपोलो हाइड्रोपावरको १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा सर्वसाधारणको १४ लाख १० हजार कित्ता (३० प्रतिशत) र संस्थापकको ३२ लाख ९० हजार कित्ता (७० प्रतिशत) रहेको छ।

पहिलो कारोबारका लागि नेप्सेले एपोलो हाइड्रोपावरलाई प्रतिकित्ता न्यूनतम १०० रुपैयाँदेखि अधिकतममा ३०० रुपैयाँ तोकेको छ। कारोबार संकेत भने यो कम्पनीले ‘एपीएचएल’ पाएको छ।

मंगलबार स्पेसल प्रिसेसनमा यो कम्पनीको शेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित सत्रका लागि कारोबारमा आउनेछ।

एपोलो हाइड्रोपावरले गत चैत २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ बाँडफाँट भने वैशाख ११ गते गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS