IME Life New

वेबसाइटमा अनिवार्य रुपमा पारदर्शिता ड्यासबोर्ड राख्न बीमकलाई प्राधिकरणको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमकको वित्तीय अवस्था, बीमितमैत्री सेवा र सबलतामा पारदर्शिता ल्याउन सबैखाले बीमकलाई वेबसाइटमा अनिवार्य रुपमा पारदर्शिता ड्यासबोर्ड राख्न निर्देशन दिएको छ।

प्राधिकरणले गत साता जारी गरेको निर्देशनमा बीमकलाई दाबी भुक्तानीको अवस्था, भुक्तानी दिन बाँकी दाबीको संख्या, अस्वीकृत दाबीको संख्या सार्वजिनक गर्न निर्देशन दिएको छ। यसबाहेक बीमकले दर्ता हुन आएका दाबी र फर्छ्यौट भएका दाबीको अनुपातसमेत उल्लेख गर्नुपर्नेछ। साथै, दाबी अस्वीकृत भएमा सोको कारणबारे खुलाएर मासिक रुपमा अध्यावधिक जानकारी आ प्रकाशन गर्न निर्देशन दिएको छ।

Esewa
Crest

बीमकको कार्यालयमा दर्ता हुन आएका गुनासाको संख्या, सम्बोधन गरिएका गुनासाको संख्या, गुनासा प्राप्ति र समाधान गर्न लागेको समयबीचको अवधिबारे पनि तथ्यांक सार्वजनिक गर्न निर्देशन दिएको छ।

प्राधिकरणको निर्देशनमा बीमकको पछिल्लो वित्तीय अवस्था, बीमाशुल्क आम्दानी र प्रगति, शाखा सञ्जालबारे पनि विवरण सार्वजनिक गर्न भनिएको छ। यसबाहेक अब बीमकले बीमालेखका् प्रकार र बीमालेखको सरलीकृत विवरण पनि प्रकाशन गर्नुपर्नेछ।

यी विवरण अद्यावधिक रुपमा बीमकले सार्वजनिक गर्दा बीमितले यी सूचकका आधारमा कुन बीमकको ग्राहक सेवा र वित्तीय अवस्था कस्तो छ भन्ने तुलना गर्न र आवश्यक निर्णय लिन सहज हुनेछ।

कुनै आधार बिना नै बीमक आ–आफैँले उत्कृष्ट र सर्वोत्कृष्ट दाबी गरेर बीमितलाई भ्रमित पार्दै आएका बीमकको प्रवृत्तिमा यो प्रावधानले अंकुश लगाउने विश्वास गरिएको छ।

बीमा क्षेत्रको प्रवर्द्धनका लागि बीमा प्राधिकरणले जारी गरेको दोस्रो पञ्चवर्षिय रणनीतिक योजनाको ८ रणनीतिमध्ये बीमकको जबाफदेहीता र पारदर्शिता सुदृढ बनाउने रणनीति छ। यसबाहेक प्राधिकरणको चालू आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा समेत प्रतिस्पर्धी र विश्वसनीय बीमा प्रणालीको विकास एवं विस्तार गरी बीमा क्षेत्रमा थप संस्थागत सुशासन कायम गर्ने मुख्य लक्ष्य तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS