IME Life New

सनराइज बैंकले “स्वास्थ्य बीमा सुविधा” अन्तर्गतको रकम भुक्तानी गर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/चितवन: सनराइज बैंक लिमिटेड नारायणगढ शाखाले बैंकका बचतकर्ता हरुमा लागू गरेको स्वास्थ्य बीमा अन्तर्गतको रकम एक कार्यक्रमका बिच भुक्तानी गरेको छ । बैंकले नारायणगढ शाखाका ग्राहक भरतपुर-०४ निबासी श्री बिक्रम अधिकारी र गैंडाकोट-०२ निबासी राधा श्रेष्ठलाई उक्त बिमा सुबिधा बराबरको रकम हस्तान्तरण गरेको हो ।

आफ्ना बचत खाताका ग्राहकहरुको लागि बैंकले “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । यस योजना अन्तर्गत ‘बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाखमा नवढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइने, सनराइज बैंक लिमिटेड नारायणगढ शाखा प्रमुख प्रकाश कस्तीले जानकरी दिनुभयो ।

Esewa
Crest


स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउने समेत बैंकले जनाएको छ ।

पछिल्लो समय आफ्ना सेवाग्राहीलाई अलग किसिमले सेवा सुबिधा दिदै, ग्राहकहरुको मन जित्न सफल सनराइज बैंकले मुलुकभरका विभिन्न अस्पतालहरुसंग सहकार्यगरि स्वास्थ्य उपचारमा समेत सहजता उपलब्ध गराउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS