IME Life New

स्वास्थ्य बीमामा ४३%ले बढ्यो लक्षित वर्गको आबद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा लक्षित वर्गको आबद्धता ४३ प्रतिशतले बढेको छ।

अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।८३ को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो। चालु आर्थिक वर्षको फागुनसम्म स्वास्थ्य बीमामा लक्षित वर्गको आबद्धता २१ लाख ४८ हजार ७५० पुगेको छ। गत आर्थिक वर्ष २०८१।८२ मा यो संख्या १५ लाख २ हजार २६ रहेको थियो। यो हिसाबले गत आर्थिक वर्षको असार मसान्तको तुलनामा समीक्षा अवधिमा लक्षित वर्गको आबद्धता ४३.०६ प्रतिशतले बढेको छ।

Esewa
Crest

स्वास्थ्य बीमा लक्षित वर्गका रुपमा महिला स्वास्थ्य स्वयंसेविका परिवार, एचआईभी संक्रमित परिवार, एमडीआरटीबी परिवार, कुष्ठरोगी परिवार, अतिअशक्त परिवार, ज्येष्ठ नागरिक परिवार र अतिगरिब परिवार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS