IME Life New

घरेलु उडानमा झन् झन् घट्दैछ यात्रुको चाप, बर्खाले राजमार्ग अवरूद्ध हुँदा छैन सडकमा पनि चाप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक महिनायता अान्तरिक उडानका लागि हवाई भाडा दर उल्लेख्यरूपमा वृद्धि भएपछि घरेलु उडानमा यात्रुको चाप ह्वात्तै घटेको छ। हवाई जहाजका लागि चाहिने इन्धनको मूल्य शत प्रतिशतभन्दा बढी वृद्धि भएपछि निजी क्षेत्रका वायू सेवा प्रदायकले ५० प्रतिशतसम्म भाडा वृद्धि गरेका छन्।

अमेरिका र इजरायलको नेतृत्वमा तीन महिनायता इरानमाथि भइरहेको आक्रमणले पेट्रोलियम इन्धनको मूल्य १०२ प्रतिशतसम्म वृद्धि भएको कारण जनाउँदै घरेलु उडानमाम समेत हवाई टिकट दर वृद्धि गरिएको हो।

Esewa
Crest

नागरिक उड्ययन प्राधिकरणका अनुसार, मध्यपूर्व र खाडी मुलुकमा काठमाडाैंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक १२ हजार यात्रुले ओहोर दोहोर गर्दै आएकोमा अहिले यो संख्या करिब ७ हजारमा झरेको छ। हवाई यात्रुको संख्या घट्दा सडक मार्गबाट यात्रा गर्नेको संख्या भने उल्लेख्यरूपमा बढ्न सकेको छैन। काठमाडाैंबाट तराइका लागि बाहिरिने दुई मुख्य राजमार्ग विपी राजमार्ग र नागढुङ्गा मुग्लिन सडक खण्ड पटक पटक पहिरो र सडक निर्माणका कारण अवरूद्ध भइरहेकाले सडक मार्गबाट यात्रा गर्नेको संख्या बढ्न नसकेको हो ।

वायू सेवा प्रदायकका अनुसार, भाडा वृद्धिको सबैभन्दा अधिक प्रभाव काठमाडाैं धनगढी रूटमा परेको छ। यसबाहेक काठमाडाैं देखि नेपालगञ्ज र सुर्खेत रूटमा हुने उडानमा पनि यात्रुको चाप घटेको छ। धनगढी र सुर्खेतमा सीमित उडान भएकाले सप्ताहन्तमा एक दुई दिन अगावै सम्पूर्ण टिकट बिक्री भइसक्ने गरेकोमा यात्रुको चाप घटेकाले अचेल यी गन्तव्यहरूमा उही दिन उडान हुनु केही घण्टा अघिसम्म टिकट सहजै उपलब्ध छ।

वायू सेवा प्रदायकका अनुसार, छोटो दूरीको उडान मानिने, जनकपुर, सिमरा, साैराहा, पोखरा, भैरहवा रूटको उडानमा यात्रुको चाप ३० देखि ३५ प्रतिशतले घटेको छ। काठमाडाैंबाट सबैभन्दा धेरै उडान हुने पोखरा रूटमा समेत वायू सेवा प्रदायकले उडान कटाैती गर्न बाध्य भएका छन् ।

यात्रुको चाप घट्दा वायू सेवा कम्पनीहरूको सञ्चालन लागत बढेर नाफामा दबाब पर्न थालेको छ। घरेलु मात्र नभएर अन्तर्राष्ट्रिय उडान भर्ने वायू सेवा कम्पनीहरू पनि अहिले वित्तीय दबाबमा छन्।

हवाइ उडानको ठूलो खर्च इन्धनसँग सम्बन्धित हुने भएकाले इन्धनको मूल्य वृद्धिमा वायू सेवा प्रदायकलाई दोहोरो प्रभाव परेको छ। अभावका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धन महँगो मात्र भएको छैन, अमेरिकी डलरसँगको विनिमय दर समेत महँगो हुँदै गएकाले इन्धनको भाउमा झनै नकारात्मक असर परेको छ।

इन्धनको मूल्य वृद्धि कायमै रहेको अवस्थामा घरेलु उडानमा वायू सेवा प्रदायकका लागि व्यवसायलाई निरन्तरता दिन चुनाैती हुने देखिन्छ। कोरोना महामारीको समयमा नराम्ररी प्रभावित बनेका घरेलु वायू सेवा प्रदायकहरू वित्तीयरूपमा तङ्ग्रिन नपाउँदै इन्धनको मूल्य वृद्धि र पर्यटन आगमनमा गिरावटका कारण पुनः प्रभावित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS