IME Life New

स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित अनधिकृत सामाजिक सञ्जाल, पेज र ग्रुप हटाउन २४ घन्टे अल्टिमेटम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डसँग सम्बन्धित अनधिकृत सामाजिक सञ्जाल, पेज र ग्रुप हटाउन २४ घन्टे अल्टिमेटम दिइएको छ।

बीमा बोर्डले आज एक सूचना जारी गर्दै यस्तो अल्टिमेटम दिएको हो। फेसबुक, टिकटिक, युट्युबलगायत सामाजिक सञ्जालमा (नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य बीमा बोर्ड, स्वास्थ्य बीमा कार्यक्रम, नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड–हेल्थ इन्स्योरेन्स)जस्ता स्वास्थ्य बीमा बोर्डको लोगो प्रयोग भएका अनधिकृत पेज तथा ग्रुपहरु सञ्चालन भई भ्रामक, तथ्यहीन तथा असम्बन्धित सूचना सम्प्रेषण भइरहेकोमा गम्भीर ध्यानार्षण भएको सूचनामा उल्लेख छ।

Esewa
Crest

यस प्रकारका अनधिकृत सूचनाहरुले आमनागरिकमा भ्रम सिर्जना गरेकाले यस्ता सम्पूर्ण पेज तथा ग्रुपहरु सञ्चालन गर्ने सम्बन्धित व्यक्तिहरुलाई यो सूचना प्रकाशित भएको मितिले २४ घन्टाभित्र हटाउन सूचनामा अल्टिमेटम दिइएको छ।

तोकिएको अवधिभित्र यो निर्देशन पालना नभएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने बीमा बोर्डले चेतावनी दिएको छ।

Wrong_HIB_Relates_Social_Site_Close_Notice_Apr22_2026_i1dyhu1

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS