IME Life New

सीजी कर्प ग्लोबलको साझेदारीमा फिलिपिन्समा रू २८ अर्बको ‘वेलनेस’ परियोजना सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बहुराष्ट्रिय नेपाली कम्पनी सीजी कर्प ग्लोबल र फिलिपिन्सको घरजग्गा क्षेत्रको  कम्पनी मेगावर्ल्ड कर्पोरेशन बीचको साझेदारीमा १२ अर्ब फिलिपिनो पेसो (करिब २८ अर्ब नेपाली रुपैयाँ) को महत्वाकांक्षी परियोजना सुरु भएको छ।

फिलिपिन्सको बातान्गासस्थित लिपा सिटीमा ‘सान बेनिटो प्राइभेट इस्टेट’ नाम दिइएको यस एकीकृत ‘वेलनेस’ टाउनशिपको जग्गा विकास कार्य छिट्टै सुरु हुने मेगावर्ल्डले जनाएको छ।

Esewa
Crest

इन्साइडर फिलिपिन्सका अनुसार, यो परियोजनाको सबैभन्दा महत्वपूर्ण पक्ष सीजी कर्प ग्लोबलको हस्पिटालिटी शाखा, सीजी हस्पिटालिटीसँगको सहकार्य हो। विश्वप्रसिद्ध ‘वेलनेस रिसोर्ट’ द फार्म एट सान बेनिटो को स्वामित्व सीजी कर्प ग्लोबलसँग रहेको छ।

यो परियोजनामा निर्माण गरिने आवासीय बस्तीका बासिन्दाहरूले सीजीद्वारा सञ्चालित विश्वकै उत्कृष्ट मेडिकल वेलनेस गन्तव्य ‘द फार्म’ मा सीधा र विशेष पहुँच पाउनेछन्। २५ हेक्टरमा फैलिएको यस परियोजनाको करिब ५० प्रतिशत भाग खुला क्षेत्र, प्राकृतिक पार्क र वन क्षेत्रका लागि छुट्याइएको छ। यसमा निजी आवास, आवासीय क्षेत्र, व्यवसायीक क्षेत्र र आधुनिक स्वास्थ्य सुविधाहरू रहनेछन्।

सीजी हस्पिटालिटीले ‘वेलनेस’ अवधारणालाई फिलिपिन्समा मात्र सीमित नराखी विश्वस्तरमा लैजाने योजना बनाएको छ। कम्पनीले आगामी ५ वर्षभित्र विश्वका १५ देखि २० वटा विभिन्न स्थानमा यस्तै अवधारणाका परियोजनाहरू विस्तार गर्ने लक्ष्य राखेको छ। वेलनेस अवधारणामा नवलपरासीमा विलासी रिसोर्ट सञ्चालनमा ल्याइ सकेको छ।

मनिला बुलेटिनले लेखेको छ, एलायन्स ग्लोबल ग्रुपका सीईओ केभिन ट्यानका अनुसार, यो परियोजनाले बातान्गासको प्राकृतिक सुन्दरतालाई संयोजन गर्दै उपभोक्ताहरूलाई स्वस्थ र गुणस्तरीय जीवनशैली प्रदान गर्नेछ। मेगावर्ल्डले यस वर्ष देशभरका आफ्ना टाउनशिप विकासका लागि ६५ अर्ब पेसो पूँजीगत खर्च गर्ने योजना बनाएको छ, जसमा सीजीसँगको यो साझेदारी एक महत्वपूर्ण कडी हो।

यो परियोजनाले स्वास्थ्य पर्यटन र विलासी जीवनशैलीलाई एकै ठाउँमा ल्याउने विश्वास गरिएको छ, जसमा नेपाली लगानीको सीजी कर्प ग्लोबलले नेतृत्वदायी भूमिका खेलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS