IME Life New

प्रतिनिधि सभाको बैठकमा उठ्यो स्वास्थ्य बीमा र मानसिक स्वास्थ्यको विषय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले भाैतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यसँगै बीमा सम्बन्धमा पनि सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसदहरूले स्वास्थ्य बीमा, स्वास्थ्य सेवामा पहुँच, मानसिक स्वास्थ्य, शिक्षामा पहुँच, पूर्वाधार र खाद्य सुरक्षासम्मका विषय उठाए।

बैठकमा आफ्नो भनाई राख्दै सांसद डा. ओजस्वी शेरचनले स्वास्थ्य बीमा प्रणालीलाइ दीगो बनाउन नीतिगत सुधारको आवश्यक्तामा जोड दिइन्। साथै उनले स्वास्थ्य बीमाका लागि श्रोत जुटाउन प्रगतिशिल कर लागू गर्नुपर्ने धारणा व्यक्त गरिन् । उनले स्वास्थ्य बीमा बोर्डले अस्पतालहरूलाई १६ अर्ब रूपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको उल्लेख गर्दै अस्पतालले उपचार सेवा नदिंदा सर्वसाधारणले सास्ती पाएको बताइन्।

Esewa
Crest

बैठकमा सांसद खीमा बिकेले नेपालको संविधानमा स्वास्थ्य सेवालाई मौलिक हक माने पनि व्यवहारमा कार्यान्वयन नभएको उल्लेख गर्दै प्रत्येक नागरिकलाई स्वास्थ्य बीमासहित सुलभ र गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्ने धारणा राखिन् ।

सांसद क्रान्ति शिखा धितालले मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकताका साथ उठाएकी छन्। उनले नागरिक र सुरक्षाकर्मी समेतको मानसिक स्वास्थ्यका लागि स्पष्ट नीति र मनोसामाजिक परामर्श सेवाको सुनिश्चितता गर्नुपर्ने आवाज उठाइन् ।

सांसद डा. अंकिता ठाकुरले राजविराजको गजेन्द्र नारायण सिंह अस्पतालको भवन निर्माण सम्पन्न भए पनि हस्तान्तरण नहुँदा बिरामीले सेवा नपाएकोबारे सरकारको ध्यानाकर्षण गराइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS