IME Life New

जाँदाजाँदै स्वास्थ्य बीमा कार्यक्रमको विकृतीबारे के भन्दै गए अर्थमत्नी रामेश्वर खनाल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नयाँ मन्त्री परिषद् गठन हुनु अगावै कार्यालय छोडेका अर्थमन्त्री रामेश्वर खनालले कार्यकाल समाप्तिको घोषणासँगै सार्वजनिक गरेको प्रगती प्रतिवेदनमा स्वास्थ्य बीमा कार्यक्रमबारे गम्भीर खुलासा गरेका छन् ।

खनालले लेखेका छन्,  स्वास्थ्य बीमा व्यवस्थापनमा व्यापकरूपमा ‘कल्पना गर्न सकिने किसिमका सबै विकृति’ रहेको भनाइ स्वास्थ्य मन्त्रालयकै अधिकारीहरूको छ। उनले स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि जोड दिंदै लेखेका छन्, स्वास्थ्य क्षेत्रमा देखिएका गम्भीर समस्या तत्काल समाधान गर्नुपर्छ।

Esewa
Crest

खनालको भनाइमा स्वास्थ्य बीमाको भुक्तानी दायीत्व व्यवस्थापन अझै पनि जटिल अवस्थामा रहेको छ। पछिल्ला महिनाहरूमा करिब १ अर्ब ७० करोड रुपैयाँ भुक्तानीको प्रबन्ध गरिए पनि अझै ७ अर्ब रुपैयाँभन्दा बढी दायीत्व बाँकी नै छ। खनालले चालु आर्थिक वर्ष २०८२।८३  कै बजेटभित्रै बाँकी दायीत्व भुक्तानीका लागि स्रोत व्यवस्थापन गर्नुपर्ने र सँगसँगै स्वास्थ्य बीमा प्रणाली तथा प्रशासनमा व्यापक सुधार अपरिहार्य रहेको टिप्पणी गरेका छन्।

उनले प्रतिवेदनमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्बन्धित चुनौती पनि उजागर गर्दै  प्रतिष्ठानको अवस्थाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेका छन्। चालु आर्थिक वर्षमा विनियोजित रकमभन्दा बढी लागतका ठेक्का आवश्यक भए पनि बहुवर्षीय स्रोत सहमति अभावमा ठेक्का प्रक्रिया अघि बढ्न नसकेको बताउँदै भनेका छन्, यसका कारण चालु वर्षको बजेटसमेत खर्च हुन नसक्ने स्थिति देखिएको छ।

पर्याप्त वित्तीय स्रोत जुटाउन नसक्दा प्रतिष्ठान् अन्तर्गत निर्माणाधीन ४ सय शैय्याको अस्पताल भवन अलपत्र परेको छ। भवन निर्माणका लागि सरकारले विनियोजन गरेको ८८ करोड रुपैयाँ अपुग छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS