IME Life New

दुबईमा वैश्विक मुख्यालय सारेको सिजी कर्प ग्लोबलका लागि यूद्धले थप्यो तनाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्नो वैश्विक मुख्यालय दुबईमा स्थानान्तरण गरेको चौधरी ग्रुप अन्तर्गतको (सिजी कर्प ग्लोबल) का लागि अहिले मध्यपूर्वमा जारी तनावले यसको व्यापारिक रणनीति प्रभावित हुने देखिएको छ।

सिंगापुरबाट मुख्यालय सारेर सिजीले दुबईलाई आफ्नो मुख्य आधार बनाउन गरेको निर्णयलाई विशेषगरी गाजा र लेबनान क्षेत्रमा जारी युद्ध र त्यसले निम्त्याएको क्षेत्रीय अस्थिरताका बीच अर्थपूर्ण रूपमा हेरिएको छ।

Esewa
Crest

सिजी कर्प ग्लोबलले सिजी हस्पिटालिटी अन्तर्गत दुबईको टापुमा गत भदाैदेखि अति विलासी जेडब्लु म्यारियट रेसिडेन्सेस (आवासीय भवन) निर्माण शुरू गरेको छ। यस परियोजनाको कुल अनुमानित लागत करिब ७० करोड दिराम (झन्डै २६ अर्ब नेपाली रुपैयाँ) रहेको बताइएको छ। यो परियोजनाले सिजीको मध्यपूर्वमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिको प्रतिनिधित्व गर्दछ।

मध्यपूर्वमा युद्धको छायाँ भए तापनि सिजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले दुबई मुख्यालय उद्घाटनका अवसरमा  दुबईलाई एक सुरक्षित आश्रयस्थलको रूपमा परिभाषित गरेका थिए। उनको विश्लेषणमा मध्यपूर्वका अन्य देशहरूमा अशान्ति हुँदा सुरक्षित लगानीको खोजीमा विश्वभरका लगानीकर्ताहरू दुबईतर्फ आकर्षित हुने गर्छन्।

यसले गर्दा सिजीको रियल इस्टेट परियोजनामा माग बढ्ने अपेक्षा गरिएको छ। सिंगापुरको तुलनामा दुबईबाट युरोप, अफ्रिका र भारतसँग व्यापारिक सञ्जाल जोड्न सहज हुने भएकाले सिजीले यसलाई दीर्घकालीन फाइदाको रूपमा लिएको छ।

युद्ध लम्बिएमा ढुवानी मार्गमा अवरोध आउने र निर्माण सामग्रीको लागत बढ्न सक्ने चुनौती भने कायमै छ। यसबाहेक इरानले अहिले खाडी मुलुकहरूमा रहेको अमेरिकी सैन्य आधारका साथै इन्धन प्रशोधन इकाई तथा विमानस्थलजस्ता संवेदनशिल पूर्वाधारमा समेत आक्रमण जारी राखेकाले यूद्ध नरोकिंदासम्म अवस्था अनुमान गर्न कठिन हुनेछ।

अहिलेको अवस्थाले अमेरिकी सैनिकको उपस्थिति र विशेषगरी मुश्लिम नेतृत्वको सरकार प्रति अमेरिकी सरकारको नकारात्मक दृष्टीकोणले खाडी तथा मध्यपूर्वमा इरान पछि अर्को कुनै देश पुनः अमेरिकी निशानामा पर्नसक्ने संभावनालाई जागर गरेको छ। जसको प्रत्यक्ष असर, दुबई, कतार, बहराइन जस्ता खाडी मुलुकमा पर्नेछ, जहाँ पहिले देखि नै अमेरिकी सैन्य आधारहरू स्थायीरूपमा राखिएका छन् ।

क्षेत्रीय तनावका बाबजुद दुबईको अर्थतन्त्र लचिलो रहने विश्वासका साथ सिजीले आफ्नो अर्बौंको लगानीलाई अघि बढाएको छ। यो कदमले सिजीलाई विश्वव्यापी मञ्चमा थप मजबुत बनाउँछ वा युद्धको बाछिटाले प्रभाव पार्छ, त्यो भने भविष्यले नै देखाउनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS