IME Life New

उदीयमान बजारमा बीमाङ्की क्षमता विकासका लागि अन्तर्राष्ट्रिय छलफल आयोजना हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उदीयमान अर्थतन्त्र भएका देशहरूमा एक्चुरियल (बीमाङ्की) पेशाको विकासलाई तीव्रता दिने उद्देश्यले अन्तर्राष्ट्रियस्तरको छलफल कार्यक्रम आयोजना हुने भएको छ। वैश्विक बीमाङ्की पहल(ग्लोबल एक्चुअरियल इनिसिएटिभ) को पहलमा “कन्भेशन एअन्तर्गत आगामी २४ मार्च २०२६ मा एशियाका विभिन्न देशका विज्ञहरू सहभागी हुने विशेष सत्र आयोजना हुन लागेको हो।

अनलाइनमार्फत् हुने यो कार्यक्रममा निःशुल्क दर्तामार्फत सहभागी हुन सकिने आयोजकले जनाएको छ। कार्यक्रममा नियामक निकाय, बीमाङ्की संघसंस्था, बीमा कम्पनी तथा शैक्षिक क्षेत्रका प्रतिनिधिहरूबीच सहकार्यमार्फत उदीयमान बजारमा बीमाङ्की क्षमता कसरी सुदृढ गर्न सकिन्छ भन्ने विषयमा व्यापक छलफल हुनेछ।

Esewa
Crest

कार्यक्रमको सुरुवातमा एक्चुअरियल सोसाइटी अफ नेपालकी अध्यक्ष प्रेक्षा माथेमाले नेपालमा विभिन्न सरोकारवालासँग सहकार्य गर्दै बीमाङ्की पेशा विस्तार गर्ने क्रममा प्राप्त अनुभव तथा सिकाइहरू प्रस्तुत गर्नेछिन्।

त्यसपछि आयोजक संस्थाकी वरिष्ठ कार्यक्रम निर्देशक क्वीनी चावलको संयोजनमा प्यानल छलफल आयोजना हुनेछ। प्यानलमा डा. सी जु चुवा, लुओङ जुवान ट्रुओङ बेन्जामिन, डायना अलमोरो, तथा नेपाल बीमा प्राधिकरणको निर्देशक पूजन ढुङ्गेल सहभागी रहनेछन्।

सहभागि वक्ताहरू मुख्य रूपमा निम्न विषयमा आफ्नो अनुभव धारणा सुनाउनेछन्ः

  • निम्न तथा मध्यम आय भएका बजारमा एक्चुरियल क्षमता विकासका महत्वपूर्ण आधारहरू

  • पेशाको दिगो विकासका लागि समाधान गर्नुपर्ने चुनौतीहरू

  • विश्वभर एक्चुरियल पेशाको विकासमा आयोजक संस्थाले गरेको कामबाट प्राप्त मुख्य सिकाइहरू

आयोजकका अनुसार यस्तो सहकार्यात्मक पहलले एशिया लगायतका उदीयमान बजारमा एक्चुरियल पेशाको संस्थागत विकासलाई बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS