काठमाडौं । दक्षिण कोरियाली बीमा कम्पनीहरुले आगामी ५ वर्षमा राष्ट्रिय वृद्धि कोषमा कुल ८ ट्रिलियन साउथ कोरियन वान (५.६ अर्ब डलर) लगानी गर्ने भएका छन्।
बीमा कम्पनीहरुले उद्योग उत्पादक वित्त पहलमा ४० ट्रिलियन साउथ कोरियन वान पनि योगदान गर्नेछन्। जुन जनवरीमा गरिएको प्रतिबद्धताबाट ३.२ ट्रिलियन साउथ कोरियन वानले वृद्धि हो।
मिडिया रिपोर्टहरुका अनुसार दक्षिण कोरियाको बीमा नियामक वित्तीय सेवा आयोगले हालै राष्ट्रिय वृद्धि कोषमा सहभागिताका बारेमा छलफल गर्न कोरिया जीवन बीमा संघ र कोरियाको निर्जीवन बीमा संघसँगै १६ जीवन र निर्जीवन बीमा कम्पनीहरुसँग बैठक गरेको थियो।
बैठकमा बीमा कम्पनीहरुले उनीहरुको लगानी मुख्यतया डेटा केन्द्रहरु, नवीकरणीय ऊर्जा पूर्वाधार र उन्नत उद्योगहरुमा अप्रत्यक्ष लगानीमा केन्द्रित हुने जानकारी दिए। यो दीर्घकालीन वैकल्पिक लगानीका लागि बीमा कम्पनीहरुको प्राथमिकतासँग मिल्दोजुल्दो छ।
यद्यपि बीमा उद्योगले ३० वर्षे सरकारी बन्डभन्दा बाहिर उपयुक्त दीर्घकालीन लगानी अवसरहरु फेला पार्न संघर्ष गरेको छ। आयोगले राष्ट्रिय वृद्धि कोष बीमा कम्पनीहरुलाई भाग लिन मनाउनका लागि एक नयाँ दीर्घकालीन लगानी साधन रहेकोमा जोड दिएको छ।
बीमा कम्पनीहरु आगामी ५ वर्षमा उत्पादक वित्तमा ४० ट्रिलियन साउथ कोरियन वान लगानी गर्न पनि इच्छुक छन्। जुन यस वर्ष जनवरीमा वित्तीय अधिकारीहरुलाई खुलासा गरिएको रकमभन्दा ३.२ साउथ कोरियन वान ट्रिलियनले बढी हो। – एजेन्सी












