काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ घटेको छ भने चाँदी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ।
हिजो सुनको भाउ तोलामा ३ लाख २ हजार ८ रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदी पनि घटेको छ । यससँगै आज चाँदी तोलामा २५ रुपैयाँले घटेर ४ हजार ८ सय ८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।












