IME Life New

कम्युनिष्ट पार्टीको घोषणा पत्रमा अनिवार्य स्वास्थ्य बीमा र कृषिमा क्रान्तिको पोको

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। सुशासन र रोजगारी समाजवादको तयारी भन्ने मूल नाराका साथ सार्वजनिक गरिएको यस घोषणा पत्रमा बीमा क्षेत्र, बैंकिङ, मजदुर, किसान र सामाजिक सुरक्षाका लागि ठोस योजनाहरू अघि सारिएका छन्।

घोषणा पत्रमा बीमा क्षेत्रलाई सामाजिक सुरक्षा र आर्थिक जोखिम न्यूनीकरणको मुख्य आधार बनाइएको छ।

Esewa
Crest

बीमा क्षेत्र स्वास्थ्य बीमा अनिवार्य र कृषि बीमामा सुधारः

अनिवार्य स्वास्थ्य बीमा सबै नागरिकका लागि स्वास्थ्य बीमा अनिवार्य गरिने र विशेष गरी महिला लक्षित स्वास्थ्य सेवालाई विस्तार गरिने उल्लेख छ। कृषि र पशु बीमा प्राकृतिक प्रकोप वा वन्यजन्तुबाट हुने बाली तथा पशुपन्छीको क्षतिमा शीघ्र र न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउन बीमा प्रणालीलाई प्रभावकारी बनाइनेछ।

मजदुरको बीमा वैदेशिक रोजगारीमा रहेका र स्वदेशका मजदुरहरूका लागि पनि सामाजिक सुरक्षा र बीमाका कार्यक्रमहरू प्राथमिकतामा राखिएका छन्।

किसान र कृषि क्षेत्र भूमिसुधार र प्रत्यक्ष सहयोगः
किसानहरूको हितका लागि घोषणा पत्रले न्यायपूर्ण भूमिसम्बन्धी व्यवस्थाको वकालत गरेको छ। भूमिहीनलाई लालपुर्जा दुई वर्षभित्र भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरी नेपाललाई सुकुम्बासीमुक्त बनाउने लक्ष्य राखिएको छ।

बजार र मूल्यको ग्यारेन्टीः उत्पादन सुरु हुनुअघि नै न्यूनतम समर्थन मूल्य तोकिने र किसानले नै बजार मूल्य तोक्न पाउने व्यवस्था मिलाइनेछ। कृषि ऋण महिला कृषक र उद्यमीहरूलाई व्यावसायिक ऋणमा २५ प्रतिशत ब्याज छुट दिने व्यवस्था गरिनेछ।

बैंकिङ र आर्थिक क्षेत्र नयाँ चरणको आर्थिक सुधारः

१० प्रतिशतको आर्थिक वृद्धि आगामी पाँच वर्षभित्र १० प्रतिशतभन्दा माथिको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ।

वित्तीय समावेशिता बैंकिङ र वित्तीय सेवालाई डिजिटल बनाउँदै नगदरहित प्रशासन र सेवा प्रणालीको विकास गरिनेछ। लगानी प्रवर्द्धन स्वदेशी निजी क्षेत्रको लगानी क्षमता अभिवृद्धि गर्दै वैदेशिक लगानीलाई उत्पादन र रोजगारीसँग जोडिनेछ।

मजदुर र सामाजिक सुरक्षा अधिकार र सम्मानः

समान ज्याला समान कामको लागि समान ज्याला नीतिलाई कडाइका साथ लागू गरिनेछ। सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरूको सामाजिक सुरक्षा भत्तालाई मर्यादित जीवन बिताउन पुग्ने गरी वृद्धि गरिनेछ।

मजदुरको हकहित श्रमजीवी वर्गको वर्गीय शोषण अन्त्य गर्दै उत्पादनका साधनमा सामूहिक स्वामित्व स्थापना गर्ने वैज्ञानिक समाजवादको लक्ष्य लिइएको छ।
नेपाली कम्युनिष्ट पार्टीले यी योजनाहरू मार्फत देशको आर्थिक संरचनामा आमूल परिवर्तन ल्याउने र ुस्वाधीन र समृद्ध नेपालु निर्माण गर्ने मार्गचित्र प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS