IME Life New

नेपाली आकाशमा घरेलु वायूसेवा कम्पनीको प्रतिस्पर्धा, नव प्रवेशी कम्पनी कसरी टिक्लान् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा केही नयाँ र पुराना वायू सेवा कम्पनीहरूले टर्बोप्रोप र एटीआर विमान थप गर्ने चर्चा चलिरहेका बेला, समग्र बजार अवस्था हेर्दा आन्तरिक हवाई सेवा उद्योग विस्तार र जोखिमको दोसाँधमा उभिएको देखिन्छ।

हाल घरेलु उडान बजारमा बुद्ध एयर करिब ६० प्रतिशत हिस्सासहित अग्रस्थानमा छ भने यती एयरलाइन्स र श्री एयरलाइन्सको बजार हिस्सा क्रमशः करिब १७ र १६ प्रतिशत रहेको अनुमान छ। यी तीन कम्पनीले मात्र ९० प्रतिशतभन्दा बढी बजार नियन्त्रण गरेकाले नयाँ खेलाडीका लागि प्रवेश सजिलो देखिँदैन। घरेलु बजारमा डाँफे एयरलाइन्स पनि प्रवेश गर्ने तयारी गरिरहेको छ। व्यापारिक समूह, आइएसएमटी समूहले पनि घरेलु आकाशमा वायू सेवा शुरू गर्ने घोषणा गरिसकेको छ।

Esewa
Crest

एकातर्फ घरेलु यात्रु संख्या बढ्दै जानु, क्षेत्रीय विमानस्थलहरूमा माग बिस्तार हुनु र टर्बोप्रोप जहाजको सञ्चालन लागत तुलनात्मक रूपमा किफायती हुनुले नयाँ लगानीको सम्भावना देखाएको छ भने अर्कोतर्फ कमजोर अर्थतन्त्र, घट्दो क्रयशक्ति, राजनीतिक अनिश्चितता र तीव्र प्रतिस्पर्धाले जोखिम पनि उत्तिकै बढाएको छ।

विगतका हवाई दुर्घटनाले नेपाली वायू सेवा उद्योगको साखमा गम्भीर असर पारेका छन्। विशेषगरी पोखरामा भएको यती एयरलाइन्सको एटीआर दुर्घटनापछि यात्रु विश्वास खस्किनु, केही समय बुकिङ घट्नु र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई ‘उच्च जोखिमयुक्त उडान गन्तव्य’को रूपमा चित्रित गरिनुले व्यवसायमा नकारात्मक प्रभाव परेको छ।

युरोपेली संघले नेपाली विमानमाथि लगाइराखेको प्रतिबन्धले समेत दीर्घकालीन विश्वास र विस्तार योजनामा असर पुर्‍याइरहेको छ।

यसैबीच, पछिल्ला महिनाहरूमा देखिएको ‘जेन जी’ आन्दोलन र त्यसपछिको अस्थिर वातावरणले पर्यटन आगमनमा गिरावट आएको छ, जसको प्रत्यक्ष असर हवाई सेवामा पनि देखिएको छ।

अन्तर्राष्ट्रिय पर्यटक आगमन अझै कोभिडपूर्वको स्तरमा पुग्न सकेको छैन, यद्यपि घरेलु हवाई यात्रु संख्या क्रमशः सुधारोन्मुख छ। यस्तो अवस्थामा नयाँ वायू सेवा कम्पनीको प्रवेश सम्भव त देखिन्छ, तर सुरक्षा, वित्तीय स्थायित्व, नियामकीय स्वीकृति र बजार हिस्साको कडा प्रतिस्पर्धा व्यवस्थापन गर्न नसके नयाँ खेलाडीका लागि जोखिम उच्च रहने देखिन्छ।

नेपालको वायू सेवा उद्योगमा विस्तारको सम्भावना रहे पनि त्यो सम्भावना सावधानी, बलियो लगानी र विश्वसनीय सुरक्षा व्यवस्थासँग गाँसिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS