IME Life New

स्वास्थ्य बीमा बोर्डले भन्यो–‘स्वास्थ्य बीमामा बीमितले पाउने उपचार खर्च घटाइएको छैन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमामा बीमितले पाउने उपचार खर्च नघटाइएको स्पष्ट पारेको छ।

बोर्डले एउटा सार्वजनिक सूचना जारी गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। ‘स्वास्थ्य बीमामा ५ जनासम्मको बीमित परिवारले पाउने वार्षिक रुपमा उपयोग गर्न पाउने अधिकतम १ लाख रुपैयाँबराबरको उपचार खर्च घटाइएको भन्ने विषय भ्रामक हो’, सुचनामा भनिएको छ, ‘त्यसमा बीमा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ। बीमितले पाउँदै आएको कुल सेवा सीमा यथावत छ।’

Esewa
Crest

बहिरंग (ओपीडी) सेवाको प्रयोगलाई मात्र मितव्यायी र न्यायोचित बनाई व्यवस्थापन गर्न एक परिवारलाई (अधिकतम ५ जना)लाई वार्षिक २५ हजार रुपैयाँ र प्रत्येक थप सदस्यका लागि ५ हजार रुपैयाँ सुविधा कायम गरिएको सूचनामा उल्लेख छ। ‘बाँकी रकम अन्तरंग सेवा (आईपीडी) तथा आकस्मिक स्वास्थय सेवामार्फत उपयोग गर्न सकिने विषय यथावत छ।’

यो निर्णय वित्तीय संकटको अवस्थामा स्वास्थ्य बीमा कोषको दिगोपन जोगाउन, अनावश्यक तथा दोहोरो सेवा प्रयोग रोक्न र गम्भीर, जटिल तथा जीवनरक्षात्मक उपचार सेवाका लागि स्रोत सुरक्षित गरी भर्ना भई लिने सेवा तथा आकस्मिक र आपतकालीन अवस्थाको सेवा उपयोग गर्ने गरी गरिएको जिम्मेवार कदम भएको बीमा बोर्डले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS