IME Life New

‘स्टक पिचिङ प्रतियोगिता’ गर्दै सन सेक्युरिटिज, रजिस्ट्रेसन खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन सेक्युरिटिज (ब्रोकर नं. ६४)ले ‘स्टक पिचिङ–२०८२’ प्रतियोगिता आयोजना गर्ने भएको छ। यसका लागि सन सेक्युरिटिजले रजिस्ट्रेसन खुला गरेको छ।

यो प्रतियोगिता पुँजी बजारसम्बन्धी ज्ञान र अवसरलाई जोड्न योजना गर्न लागिएको सन सेक्युरिटिजले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुकले माघ १७ गतेसम्म रजिस्ट्रेसन गर्न सक्नेछन्।

Esewa
Crest

विभिन्न चरणमा हुने प्रतियोगिताको ग्रान्ड फिनाले फागुन ८ गते हुनेछ। फिनालेमा उत्कृष्ट १५ प्रतियोगीले नेप्सेमा सूचीकृत कम्पनीबारे आफ्नो प्रस्तुति दिनेछन्। उत्कृष्ट तीन विजेताले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र सन सेक्युरिटिजमा ३ महिने इन्टर्नसिपको अवसर पाउनेछन्।

अन्य २ उत्कृष्ट फाइनलिस्टलाई पनि संस्थामा इन्टर्नसिपको विशेष व्यवस्था गरिएको सन सेक्युरिटिजले जनाएको छ।

यो प्रतियोगिताको मिडिया पाटर्नरका रुपमा इन्स्योरेन्स खबर रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS