IME Life New

दाबी माग गर्नुपूर्व स्वास्थ्य संस्थाकै समितिमार्फत पुनरावलोकन गर्न बीमा बोर्डको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा बोर्डले स्वास्थ्य बीमाको दाबी माग गर्नुपूर्व स्वास्थ्य संस्थाकै समितिमार्फत पुरावलोकन गर्न निर्देशन दिएको छ।

बीमा बोर्डले आज स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबै सेवा प्रदायक स्वास्थ्य संस्थाका नाममा परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो। ‘स्वास्थ्य बीमामा रियल टाइम दाबी गर्नेसम्बन्धी कार्यविधि, २०८० अनुसार दाबी रुजु तथा मूल्यांकन प्रक्रियालाई थप सहज बनाई सेवा प्रदायक स्वास्थ्य संस्थाका दाबीमा हुने अस्वीकृत दर घटाउने उद्देश्यले स्वास्थ्य संस्थाबाट दाबी प्रबिष्ट गर्नुपूर्व स्वास्थ्य संस्थाकै प्रतिनिधि रहने गरी एउटा समिति बनाउन र सोही समितिले दाबीउपर पुनरावलोकन तथा रुजु गरेपछि मात्र बीमा बोर्डको मादपण्ड बमोजिम कागजातसहित दाबी प्रबिष्ट गर्न अनुरोध छ’, परिपत्रमा भनिएको छ।

Esewa
Crest

त्यसो नगरिएको अवस्थामा तोकिएको मापदण्डअनुपार प्राप्त नभएका दाबीहरुको भुक्तानी गर्न बीमा बोर्ड बाध्य नहुने परिपत्रमा स्पष्ट पारिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS