IME Life New

नेपाल लाइफ समृद्धि लगानी योजनाका इकाइ खरिद गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ समृद्धि लगानी योजनाका इकाइहरु खरिदका लागि आवेदन दिने आज माघ ९ गते अन्तिम दिन रहेको छ।

यस योजनाको इकाइहरु गत माघ ४ गतेदेखि बिक्री खुला गरिएको थियो। यस योजनाका इकाइ खरिदका लागि आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।

Esewa
Crest

नेपाल लाइफ म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने यस योजनाको कोष प्रवद्र्धकका रुपमा नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटल योजना छन्। धितोपत्र बोर्डले यस योजनाको कुल १६ करोड इकाइ बिक्री लागि अनुमति दिएको छ।

योजनाको कुल निष्कासनमध्ये बीज पुँजीबापत २ करोड २४ लाख इकाइ कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्सलाई र १६ लाख योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटललाई सुरक्षित राखिएको छ। बाँकी १३ करोड ६० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड ६० लाख इकाइका लागि आवेदन दिन सक्नेछन्। आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र सीडीएससीको मेरो शेयरबाट दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS