IME Life New

काठमाडाैं बाहिरका अस्पतालले पनि धमाधम स्वास्थ्य बीमा कार्यक्रम बन्द गर्ने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले लामो समयदेखि उपचार खर्चवापत सोधभर्ना नदिएपछि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा बन्द हुने अवस्थामा पुगेको छ ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा. इन्द्र ढकालले सञ्चारकर्मीलाई बताए अनुसार, अस्पतालले स्वास्थ्य बीमा बोर्डलाई पत्राचार गर्दै बीमा अन्तर्गतको उपचार सेवा बन्द गर्नुपर्ने अवस्थामा पुगेको जानकारी गराएको छ।

Esewa
Crest

अस्पतालले सोधभर्ना माग गरेको रकममध्ये सोधभर्नाको निर्णय गरिसकेको रकममा पनि बोर्डले २४ करोड ७१ लाख रुपैयाँ अझैसम्म भुक्तानी दिएको छैन। अस्पतालले बीमा कार्यक्रम अन्तर्गत कुल ७३ करोड ४२ लाख दाबी गरेकोमा बीमा बोर्डले ५० करोड ५४ रुपैयाँमात्रै सोधभर्ना स्वीकृत स्वीकृत गरेको छ । योमध्ये पनि हालसम्म २५ करोड ८३ लाख रुपैयाँ मात्रै रकम प्राप्त भएको छ ।

नगद श्रोतको अभावमा बिरामीको उपचारका लागि अत्यावश्यक औषधि तथा उपकरण खरिद गर्न सकस परेको छ। उपचारमा खटिने स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीलाई सेवा सुविधा समेत उपलब्ध गराउन नसकिने अवस्थामा सिर्जना भएको छ ।

यो अस्पतालमा दैनिक एक हजार ५०० सेवाग्राहीले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार सेवा लिंदै आएका छन् ।

स्वास्थ्य बीमा कार्यक्रममा सेवाग्राहीको आकर्षण बढ्दै गए पनि सरकारले नै समयमा अनुदान उपलब्ध नगराउँदा सेवा प्रभावित हुने अवस्थामा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS