IME Life New

क्यापिटल प्लसको सहजीकरण र महिलाहरुको सक्रियतामा चितवनमा एक दिने शेयर तालिम सम्पन्न,

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/चितवन: स्थानीय महिलाको सक्रियताको जेष्ठ ५ गते शनिवार चितवन स्थित होटेल रेड कार्पेटमा एक दिने आधारभूत शेयर तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा शेयर बजारको सामान्य परिचय, शेयर बजारको कारोबार प्रणाली, शेयर बजारमा प्रवेश गर्ने चाहिने आधारभूत ज्ञान र जोखिम न्यूनीकरणको बारेमा जानाकारी दिइएको थियो । आयोजक निता वाग्लेले कार्यक्रम निकै सफल भएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम अझै गरिने जानकारी दिनु भयो।  कार्यक्रममा  प्रशिक्षक सन्तोष राज बजगाईले भने ” महिलाको सक्रियताममा आयोजना भएको शेयर तालिम मेरो लागि पहिलो थियो। ”

Esewa
Crest

सो कार्यक्रमको सहजीकरण क्यापिटल प्लस फाइनान्सियल सर्भिसेज प्रा. लि. ले गरेको थियो । क्यापिटल प्लसले विगत लामो समयदेखी राजधानी बाहिरका लगानीकर्तालाई सेयर शिक्षा फैलाउदै पूँजी बजारमा प्रवेश गराउन सहयोग गर्ने सक्रिय संस्था हो ।

पछिल्लो समयमा शेयर बजारमा महिलाको सहभागिता बढ्दो छ । राजधानी मात्र नभएर राजधानी बाहिरपनि महिलाको सक्रियता देख्दा बजारमा लगानीकर्ताको सङ्ख्या दिन प्रतिदिन बढ्ने देखिन्छ। सानो सानो रकमलाई बचत गरि पुंजी बजारमा परिचालित गर्न सके नेपाली पुंजी बजारले ठुलो फड्को मार्न सक्ने दखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS