काठमाडौं । बंगलादेशमा सन् २०२४ को अवधिमा जीवन र निर्जीवन दुवै क्षेत्रमा कुल सम्पत्ति र बीमा कोषमा वृद्धिले बीमा क्षेत्रको वित्तीय सबलता सुधारेको छ।
बीमितलाई वर्षाैंदेखि दाबी भुक्तानी दिन असक्षम रहेका बीमा कम्पनीहरुको बीमाशुल्क आम्दानीसँगै बीमाकोष र कुल सम्पत्तिमा वृद्धि हुँदा बीमितलाइ राहत मिल्ने भएको हो। बंगलादेश बीमा संघको वार्षिक प्रतिवेदनका अनुसार दुवै क्षेत्रमा कुल सम्पत्ति र कोष बढ्दै गए पनि बीमाशुल्क आम्दानी र लगानीमा मिश्रित प्रवृत्ति देखिएको छ।
प्रतिवेदनमा उल्लेख गरिएको छ कि निजी क्षेत्रको जीवन बीमा कम्पनीमा कुल बीमाशुल्क आम्दानी सन् २०२३ मा १ खर्ब १५ अर्ब १० करोड ७० लाख टाका थियो। सन् २०२४ मा थोरै घटेर १ खर्ब १३ अर्ब ८९ करोड ७० लाख टाकामा झरेको छ। यो अवधिमा जीवन कोषमा भने उल्लेखनीय वृद्धि भएको छ।
सन् २०२३ मा जीवन बीमा कोषको रकम ३ खर्ब १९ अर्ब १८ करोड २० लाख टाका थियो । सन् २०२४ मा बढेर ३ खर्ब ३२ अर्ब ३२ करोड २० लाख टाका पुगेको छ।
जीवन बीमा क्षेत्रमा लगानीको रकम सन् २०२३ मा ३ खर्ब ३४ अर्ब ६१ करोड ३० लाख टाकाबाट बढेर सन् २०२४ मा ३ खर्ब ४२ अर्ब ९२ करोड ९० लाख टाका पुगेको छ। यसका साथै सन् २०२३ मा कुल सम्पत्तिको रकम ४ खर्ब ४१ अर्ब ४१ करोड १० टाका थियो। जुन सन् २०२४ मा बढेर ४ खर्ब ६० अर्ब ४ करोड ३० लाख टाका पुगेको छ।
अर्कोतर्फ निर्जीवन बीमा क्षेत्रले बीमाशुल्क आम्दानीमा निरन्तर वृद्धि कायम राखेको छ। प्रतिवेदनअनुसार निर्जीवन क्षेत्रमा कुल बीमाशुल्क आम्दानी सन् २०२३ मा ४२ अर्ब ३५ करोड १० लाख टाका थियो । सन् २०२४ मा बढेर ४३ अर्ब ४९ करोड ५० लाख टाका पुगेको छ। यस क्षेत्रले अघिल्लो वर्षको तुलनामा लगभग २.९० प्रतिशतले वृद्धि हासिल गरेको छ।
निर्जीवन बीमा कम्पनीहरुको कुल सम्पत्ति पनि बढेको छ। सन् २०२३ मा कुल सम्पत्ति १ खर्ब १६ अर्ब ४९ करोड ४० लाख टाका रहेकोमा सन् २०२४ मा यो बढेर १ खर्ब १९ अर्ब १८ करोड ७० लाख टाका पुगेको छ। यद्यपि, यसै समयमा निर्जीवन क्षेत्रमा लगानीको मात्रा सन् २०२३ मा ५७ अर्ब ७२ करोड टाकाबाट घटेर २०२४ मा ५६ अर्ब १४ करोड टाका पुगेको छ।


















