IME Life New

डिजिटल खतराको वातावरण विकसित हुँदै जाँदा साइबर बीमाको बढ्दै आवश्यकता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा डिजिटल खतराको वातावरण विकसित हुँदै जाँदा साइबर बीमाको आवश्यक बढ्दै गएको छ।

केनेडीका साइबर र डाटाका ग्लोबल प्रमुख टम पेल्हम र साझेदार आरोन रोबट्र्सको बजार अनुमानअनुसार डिजिटल खतरा वातावरण अझ अस्थिर र चुनौतीपूर्ण हुँदै जाँदा ठूला कर्पोरेट ग्राहकको दबाबमा साइबर बीमाको आवश्यक बढ्ने अपेक्षा गरिएको छ। हालैको एउटा प्रतिवेदनमा बीमा कम्पनीका कार्यकारीहरुले ५ भविष्यवाणी उल्लेख गरेका छन्। जसले साइबर खतरा कसरी बढ्नेछन्, कसलाई लक्षित गरिनेछ र कर्पोरेट बोर्डहरु अन्ततः कसरी ध्यान दिन बाध्य हुनेछन् भनेर व्याख्या गर्दछ।

Esewa
Crest

यसले साइबर बीमाका बारेमा महत्व उजागर गरेको छ। आपूर्ति शृंखलाभित्रका साना कम्पनीहरुले पनि टेन्डर प्रक्रियाको भागका रुपमा साइबर बीमा खरिद गर्ने अपेक्षा गरिएको छ।

प्रतिवेदनअनुसार मागमा भएको यो द्रुत वृद्धि र सोचमा परिवर्तनले साइबर बीमाको महत्वलाई बढाएको छ। पेल्हम र रोबट्र्सका अनुसार आपूर्ति शृंखलाहरुमा डिजिटल खतराका लागि साइबर बीमा प्राथमिक हतियार बन्नेछन्। जसले साना र कम सुरक्षित आपूर्तिकर्तालाई लक्षित गरेर ठूला कम्पनीहरुमा द्रुत रुपमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS