IME Life New

सिटिजन्स सन्तुलित योजनाका इकाइ खरिदका लागि आवेदन दिने म्याद लम्बियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स सन्तुलित योजनाका इकाइ खरिदका लागि आवेदन दिने म्याद लम्बिएको छ।

यो योजनाका इकाइहरु पुस ४ गतेदेखि बिक्री खुला गरिएको थियो। यस योजनाको इकाइ निष्कासन बन्द छिटोमा पुस ८ गते भनिएको थियो। तर, पर्याप्त आवेदन नपरेका कारण अब पुस १८ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने योजना व्यवस्थापक सिटिजन्स क्यापिटलले जनाएको छ।

Esewa
Crest

सिटिजन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने यस योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड रुपैयाँको इकाइ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने बीज पुँजीबापत १ करोड ५० लाख इकाइ कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित राखी बाँकी रहने ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS