IME Life New

कहिलेबाट सुरु हुन्छ सेयर बजारमा ‘अनलाइन ट्रेडिङ’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले आगामी आर्थिक बर्षबाट अनलाइन ट्रेडिङ सुरु गर्ने भएको छ । यसका लागि आवश्यक प्रक्रिया ९९ प्रतिशतभन्दा बढि सम्पन्न भइसकेको नेप्सेले जनाएको छ ।

यो एक प्राविधिक औजार भएकाले औजार टेस्टीङ र यु.ए.टि गर्नुपर्ने र यसका लागि केही समय लाग्ने नेप्सेका महाप्रबन्धक चन्द्रसिंह साउदले बताए । अनलाइन कारोबार प्रणाली निर्माणका लागि नेप्सेले वाईको इन्टरनेशनलसँग सम्झौता गरेको छ ।

Esewa
Crest

नेप्सेका अनुसार अनलाइन कारोबार सुचारु भईसकेपछि लगानीकर्ताले सेयर सम्बन्धि सम्पुर्ण जानकारी इन्टरनेटमै पाउनेछन् । साथमा, सेयर कारोबार पनि इन्टरनेटकै माध्यमबाट सजिलै गर्न सक्नेछन् । यसबाट लगानीकर्ता आफैँ ब्रोकरकोमा गएर सेयर खरिदविक्री गर्नुपर्ने झन्झटको अन्त्य हुनेछ भने लगानीकर्ताको समयको बचत समेत हुनेछ ।

नेप्से र वाइकोबिच १४ महिनाभित्र प्रणाली हस्तान्तरण गर्ने गरी २०७४ वैशाख ६ गते सम्झौता भएको थियो । सम्झौता अनुरुप नै कार्य अगाडि बढीरहेकोमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सन्तोष प्रकट गर्दै इन्टरनेटमा आधारित पूर्ण स्वचालित कारोबार प्रणाली कार्यान्वयनमा आएपछि दोस्रो बजार कारोबारमा सहजता आई नेपालको पुँजी बजार विकासमा अर्को कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।

अनलाइन कारोबार प्रणाली निर्माणका लागि नेप्सेले वाईको इन्टरनेशनलसँग सम्झौता गरेको छ, सो बमोजिम वाईको इन्टरनेशनलले जेष्ठ ११ गते अनलाइन कारोबार प्रणाली निर्माण गरि हस्तान्तरण गर्ने घोषणा गरेको छ, आगामी जेष्ठ ११ मा समयमै अनलाइन कारोबार प्रणाली निर्माण गरि हस्तान्तरण भएको खण्डमा आगामी आर्थिक बर्षबाट अनलाइन ट्रेडिङ सुरु हुने आशा गर्न सकिन्छ, अन्यथा लगानीकर्ता को सपना टुट्न सक्ने दखिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS