IME Life New

प्राकृतिक प्रकोपबाट बीमांकृत सम्पत्ति क्षति लगातार छैटौँ वर्ष १०० अर्ब डलर नाघ्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राकृतिक प्रकोपबाट बीमांकृत सम्पत्ति क्षति लगातार छैटौँ १०० अर्ब डलर माथि पुग्ने देखिएको छ।

स्विस रि इन्स्टिच्युटले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२५ मा विश्वभर प्राकृतिक प्रकोपबाट बीमा र पुनर्बीमा कम्पनीले १०७ अर्ब डलर क्षतिपूर्ति दिनुपर्ने अनुमान गरिएको छ। जुन लगातार पछिल्लो छैटौँ वर्ष १०० अर्ब डलरभन्दा बढी हो।

Esewa
Crest

यो वर्षको अनुमानित क्षति सन् २०२४ मा प्राकृतिक प्रकोपबाट भएको १४१ अर्ब डलरभन्दा २४ प्रतिशतले कम भने १० वर्षको औसत १११ अर्ब डलरभन्दा ३ प्रतिशत कम हो।

सन् २०२५ मा अमेरिकाको लस एन्जलमा भएको भीषण बन डढेलोबाट ४० अर्ब डलरबराबर र गम्भीर आँधीबाट ५० अर्ब डलरबराबरको बीमांकृत सम्पत्ति क्षति भएको थियो। सन् २०२५ मा यी दुवै प्राकृतिक प्रकोप विश्वभर बीमा क्षतिको प्रमुख कारण बनेका छन्।

यो वर्ष १०७ अर्ब डलरको कुल बीमांकृत सम्पत्ति क्षतिमध्ये अमेरिका फेरि एकपटक सबैभन्दा बढी प्रभावित बजार बनेको छ। जहाँ ८९ अर्ब डलरबराबरको बीमांकृत क्षति भएको छ। यस वर्ष प्रकृति प्रकोपबाट भएको कुल क्षतिमा अमेरिकाको हिस्सामात्रै ८३% भन्दा बढी रहेको छ।

स्विस रिका समूह प्रमुख अर्थशास्त्री जेरोम जीन हेगेलीका अनुसार उतारचढावका बाबजुद पनि बीमांकृत घाटा बढ्दै गइरहेको छ। ‘त्यसकारण जीवन र सम्पत्तिको सुरक्षाका लागि रोकथाम, सुरक्षा र तयारीलाई सुदृढ पार्नु आवश्यक छ’, उनले सुझाव दिँदै भने, ‘वित्तीय झट्का अवशोषकका रुपमा काम गर्न र भविष्यको घाटा कम गर्ने बलियो जोखिम सूचित सार्वजनिक नीति र निजी लगानीको विकासलाई समर्थन गर्न पुनर्बीमा कम्पनीहरु र बीमा क्षेत्रको दोहोरो भूमिका रहेको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS