काठमाडौं । माछापुच्छ्रे एसआईपी योजनाका इकाइहरु खरिद गर्ने आज मंसिर १७ गते अन्तिम दिन रहेको छ।
यो योजनाका इकाइहरु मंसिर १४ गतेबाट बिक्री खुला गरिएको थियो। यसमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ।
योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलले उक्त म्युचुअल फन्डका १० रुपैयाँ अंकित मूल्यका कुल २० करोड रुपैयाँबराबरको २ करोड इकाइ बिक्री खुला गरेको छ। यस योजनाको कुल आकार ५ करोड इकाइ रहेको छ। जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाइ कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकाइ योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटलका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले १ करोड २५ लाख कित्ता इकाइका लागि आवेदन दिन सक्नेछन्।
यस योजनाका इकाइ खरिदका लागि लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

















