IME Life New

लाडर लाईफको त्यो विवादास्पद विज्ञापन जसले निम्त्यायो चर्को आलोचना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिजिटल दुनियाँमा ध्यान खिच्नु नै व्यापारको पहिलो शर्त झैं बनेको छ। कसैले चम्किला दृश्य, कसैले भावुक दृश्य, र कसैले अमेरिकी जीवन बीमा कम्पनी लाडर लाईफ इन्स्योरेन्सले जस्तो अन्त्यन्तै विवादास्पद शैली अपनाउँछ।

युट्युबमा २७ लाख भ्युज भइसकेको एक मिनेट लामो यो विज्ञापनमा एउटा परिवारका बाँकी सबै सदस्यहरू घरमुली(पिता) को जीवन बीमा रकम हात पार्न उनलाई “दुर्घटना” मा पारेर मार्न भरमग्दुर षड्यन्त्र गरिरहेको देखिन्छ। तर ती पिता त अन्तिमसम्म पनि जीवितै देखिन्छन्, विज्ञापनका दर्शक भने अचम्ममा पर्छन्। दृश्य हलुका मजाक शैलीमा प्रस्तुत गरिए पनि, कथावस्तु भने कसैलाई मारेरै बीमाको रकम हात पार्नुसँग सम्बन्धित झैं देखिन्छ।

Esewa
Crest

अन्त्यमा कम्पनीको सन्देश सरल छ,“हाम्रो जीवन बीमा यति राम्रो कि, घरका मानिसलाई समेत लोभ लाग्ला।”

यही कारणले यो विज्ञापनले विश्वभरि चर्चा,हाँसो, असहजता र आलोचना सबैजसो एकैपटक बटुल्यो। र यो क्रम विगत चार वर्षदेखि निरन्तर छ।

बीमा क्षेत्र चाहे नेपाल होस् वा विदेश, विश्वास, सुरक्षा,परिवारको भविष्य र जिम्मेवारीसँग जोडिएको सेवा क्षेत्र हो। त्यसैले यो विज्ञापनका मुख्य पात्रको हकमा देखाइए झैं कसैको मृत्युलाई मजाकको विषय बनाउनु उपयुक्त होइन भन्ने आवाज बलियोसँग उठ्नु स्वाभाविक हो।

अमेरिकी बजारमा सहजै पचाइने कडा मजाक भएपनि यस्तो विज्ञापनले नेपाली समाजमा उल्टै नकारात्मक प्रभाव पार्नसक्छ। यहाँ मृत्यु, परिवारभित्रको विश्वासघात, लोभजस्ता विषयलाई हल्का रूपमा लिइदिए जनभावनामा चोट पुग्नसक्छ।

भनिन्छ कुनै पनि क्षेत्रमा विवादले होइन, विश्वासले स्थायीरूपमा जितिन्छ। अमेरिकी जीवन बीमक, लाडर लाइफको विज्ञापन मनोरञ्जनका हिसाबले सफल हुनसक्छ। तर बीमाको आधारभूत संरचना नै विश्वास भएकाले यस्तो शैलीले ग्राहकको भावनात्मक सुरक्षालाई कमजोर पार्न सक्छ, उपभोक्ताले बीमालाई हल्का रूपमा लिन सक्छन् ।

लाडरको विज्ञापन हाँसो ल्याउने प्रयास हो । तर हाँसो प्रत्येक दर्शकका लागि समान हुँदैन। कसैलाई मनोरञ्जन, कसैलाई असहजता, र कसैलाई चोट लाग्न सक्छ। त्यसैले जब विषय जीवन, परिवार र भविष्यको सुरक्षा जस्तो गम्भीर हुन्छ,विवाद होइन विश्वास रोज्नुपर्छ। ध्यान होइन जिम्मेवारी देखाउनुपर्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS