IME Life New

पर्सा र बारामा हैजा विरूद्धको खोप कभरेज ९० प्रतिशत, हाैंसिए स्वास्थ्य अधिकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हैजा महामारी फैलिने जोखिम नियन्त्रणका लागि पर्सा र बारामा सञ्चालित हैजा विरूद्धको खोप अभियान अन्तर्गत ९० प्रतिशत जनसंख्या समेट्न सफलता मिलेको छ।

स्वास्थ्य मन्त्रालयले दातृ संस्थाको सहयोगमा मधेश प्रदेशका यी दुबै जिल्लामा असोज २६ एक महिने खोप अभियान सञ्चालन गरेको थियो। हैजाको उच्च जोखिम रहेका कारण पर्साका सबै १४ वटा स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएका थिए। तुलनात्मक सीमित क्षेत्रमा जोखिम देखिएको बाराका ६ स्थानीय तहमा खोप अभियान सञ्चालन गरिएको थियो।

Esewa
Crest

परिवार कल्याण महाशाखा खोप शाखाका अनुसार, पर्सामा ९० प्रतिशत र बारामा ८८ प्रतिशत जनसंख्या खोपमा समेटिएका छन् । पर्सामा १ हजार ८ सय खाेप केन्द्रमार्फत ५ लाख ८९ हजार ३५४ र बारामा १२ सय खोप केन्द्रमार्फत् ३ लाख २२ हजार ९२६ जनालाई हैजाको विरुद्धको खोप दिइएको छ।

स्वास्थ्य चेतनामा मधेश प्रदेश अन्य प्रदेशभन्दा तुलनात्मक कमजोर भएपनि यसपटकको खोप अभियानको सफलताले स्वास्थ्य अधिकारीहरू हाैंसिएका छन् । हैजाविरूद्धको खोप अभियानमा यो अहिलेसम्मकै उच्च जनसंख्या पहुँच हो।

ढल र खानेपानी आपूर्ती प्रणालीमा ढल मिसिंदा गत भदाै महिनामा विशेषगरी पर्साको वीरगञ्जको अस्पतालहरूमा हैजाका बिरामी उल्लेख्य संख्यामा देखा परेका थिए । विभागका अनुसार, बारा र पर्सामा गरी १ हजार ६ सय ८५ हैजाका केशहरु पुष्टि भएका थिए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उक्त हैजा ओवान सेरोग्रुपको रहेको पुष्टि गरिसकेको छ।

यसैबीच स्वास्थ्य सेवामा उत्कृष्ट कार्य सम्पादन प्रदर्शन गरेकोमा स्वास्थ्य कार्यालय पर्सा लगातार चाैथाे वर्ष मधेशकै सर्वोत्कृष्ट कार्यालयको उपाधी जोगाउन सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS