IME Life New

थप सेवाहरुको दाबी नगर्न सेवा प्रदायक संस्थालाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले थप सेवाहरुको दाबी नगर्न सेवा प्रदायक संस्थाहरुलाई निर्देशन दिएको छ।

सबै सेवा प्रदायक संस्थाका नाममा परिपत्र जारी गर्दै बीमा बोर्डले यस्तो निर्देशन दिएको हो। ‘हाल बीमा बोर्डमा सूचीकृत सेवा प्रदायक संस्थाबाट दिनहुँजस्तै थप सेवा र संस्थाको स्तरोन्नतिपश्चात थप हुने सेवाहरुका लागि निवेदन प्राप्त भइरहेको छ’, परिपत्रमा भनिएको छ, ‘यस सन्दर्भमा बीमा बोर्डबाट औपचारिक रुपमा निर्णय नभएसम्म विभागमा बोर्डसँग भएका सम्झौताअनुरु सेवा प्रवाहलाई निरन्तरता दिई थप सेवाहरुको दाबी नगरिदिनुहोला।’

Esewa
Crest

स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन तथा कार्यान्वयन गर्न हालसम्म सेवा प्रदायक संस्थाहरुले पुर्याउँदै आएको निरन्तर सहयोग तथा योगदानप्रति बीमा बोर्डले धन्यवाद प्रकट गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS