IME Life New

सरकारले थाल्यो सरकारी गाडीको बीमा, पहिलो चरणमा अर्थ मन्त्रालयका २० गाडीको बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारले सरकारी स्वामित्वमा रहेका सवारी साधन तथा सम्पत्तिको बीमा गर्ने निर्णय कार्यान्वयनका लागि सवारी साधनको बीमा गर्न शुरू गरेको छ।

अर्थ मन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै मन्त्री परिषदले गत असोज ५ गते गरेको निर्णय कार्यान्वयनको क्रममा मन्त्रालयलको स्वामित्वका २० वटा सवारी साधनको पूर्ण बीमा गरिएको छ।

Esewa
Crest

मन्त्रालयले नेपाल इन्स्योरेन्स कम्पनीमार्फत सवारी साधनको सघन जोखिम बहन बीमा गरेको हो।

बीमा गर्दा आगलागी वा दुर्घटनाका कारण सवारी साधनमा क्षति हुन गएमा बीमा क्षतिपूर्तीबाट सवारी साधन खरिद गर्न सकिने भएकाले सरकारी कोषबाट खर्च कमी आउने मन्त्रालयको विश्वास छ।

गत भदाै २३ र २४ गतेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले दमन गर्दा प्रदर्शन हिंसात्मक बनेको थियो। त्यसक्रममा प्रदर्शनकारीले काठमाडाैंमा विभिन्न मन्त्रालय र विभाग मात्र नभएर देशैभर थुप्रै सरकारी कार्यालय, प्रहरी कार्यालय र अदालतको समेत सवारी साधन तोडफोड र आगजनी गरिदिएका थिए। तीमध्ये अधिकांशको बीमा नगरिएकाले सरकारका लागि अहिले नयाँ सवारी साधन खरिद गर्न सरकारी कोषबाटै  रकम जुटाउनका लागि निक्कै चुनाैती छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS