IME Life New

विदेश जाने विद्यार्थीका लागि नेको इन्स्योरेन्सले ल्यायो ‘हेल्थ प्लस’ बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीको सुविधालाई लक्षित गर्दै ‘स्टुडेण्ट इन्टरनेशनल हेल्थ प्लस’ बीमा योजना सार्वजनिक गरेको छ।

कमलादीस्थित रोयल सिंगी होटलमा शुक्रबार एक समारोहमा सार्वजनिक गरिएको यो ‘विशेष’ बीमा योजनामा विदेशमा उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको लागि मात्र अभिभावकको समेत जोखिम बहन सुविधा समेटिएको छ।

Esewa
Crest

सामान्य स्वास्थ्य वा दुर्घटना बीमा योजनामा बीमा कम्पनीले अस्पताल भर्ना खर्च, उपचार खर्च मात्र व्यहोर्ने सुविधा हुन्छ। नेको इन्स्योरेन्सको यो योजनाले शिक्षण शुल्क, दैनिक खानाखाजा र बहाल खर्च, दुर्घटना बीमा, अस्पतालमा उपचार वापतको खर्च समेत व्यहोर्छ।

यसबाहेक अभिभावक दुर्घटनामा अपाङ्ग भए, निधन भए वा गम्भीर रोग लागेर उच्च शिक्षाको लागि थप खर्च विदेशमा पठाउन असमर्थ भएको अवस्थामा बीमा कम्पनीले नै ५० हजार अमेरिकी डलर (७१ लाख ५९ हजार रूपैयाँ) सम्मको शिक्षण शुल्क नेको इन्स्योरेन्सले नै भुक्तानी गरिदिनेछ। यो रकम नेपालको घरेलु हवाई उडानमा वायू सेवा कम्पनीले दिने बीमा दाबीवापतको रकमभन्दा धेरै बढी हो।

बैंकको ऋण लिएर विद्यार्थीको उच्च शिक्षाको चाहना पुरा गर्ने अभिभावकका लागि पनि यो बीमा योजनाले राहत दिने भएको छ। इन्स्योरेन्सका अनुसार, विद्यार्थीको पठनपाठनमा शिक्षण शुल्क भुक्तानी गर्ने प्रयोजनका लागि बैंकबाट ऋण लिएका अभिभावकको निधन भए वा पूर्ण अपाङ्गता भएको अवस्थामा बैंक कर्जाको किस्ता चुक्ता गर्न १ लाख ५० हजार नेपाली रूपैयाँसम्म रकम क्षतिपूर्ती दिइनेछ।

यसैगरी अभिभावकलाई केही अप्रत्याशित भइहालेको विद्यार्थीलाई उच्च शिक्षा निरन्तरता दिन अति आवश्यक पर्ने विदेशमा बस्न, खान, बहाल रकम तिर्न २५०० अमेरिकी डलर(३ लाख ५८ हजार रूपैयाँ) सम्म बीमा कम्पनीले नै उपलब्ध गराउनेछ।

यो बीमालेख अन्तर्गत विद्यार्थी आफैंले आफ्नो शिक्षण शुल्क व्यहोर्ने गरेका छन् भने अभिभावकको साटो विद्यार्थीको जोखिम समेत रक्षावरण गर्न सकिने विकल्प उपलब्ध छ।

बीमा योजनाको मुख्य विशेषताहरूः

शिक्षण शुल्क खर्चः ५०,००० अमेरिकी डलरसम्म,

जीविकोपार्जन खर्चः २५०० अमेरिकी डलरसम्म,

अस्पताल भर्ना तथा उपचार खर्चः २५,००० अमेरिकी डलरसम्म,

व्यक्तिगत दुर्घटना बीमाः २५,००० अमेरिकी डलरसम्म,

शव झिकाउन खर्चः २,००० अमेरिकी डलर,

अभिभावकको व्यक्तिगत दुर्घटना बीमाः ५०,००० अमेरिकी डलरसम्म

कर्जाको किस्ता भुक्तानी गर्नः १,५०,००० रूपैयाँसम्म,

बीमित विद्यार्थी बिरामी परेमा अस्पताल भर्ना र उपचारका लागि थप २५ हजार अमेरिकी डलर(३५ लाख ८० हजार रूपैयाँ) सम्म नेको इन्स्योरेन्सले उपचार खर्च व्यहोर्नेछ। दुर्घटनामा परेका कारण विद्यार्थी अपाङ्ग वा मृत्यु भएमा २५ हजार अमेरिकी डलर(३५ लाख ८० हजार रूपैयाँ) क्षतिपूर्ती दिइने इन्स्योरेन्सले जानकारी दिएको छ।

विदेशमा अध्ययनका क्रममा असामयीक निधन भएको अवस्थामा नेपालसम्म शव झिकाउन लाग्ने खर्च व्यहोर्नका लागि इन्स्योरेन्सले २ हजार अमेरिकी डलर(२ लाख ८६ हजार रूपैयाँ) सम्म किरिया खर्चवापत दिनेछ।

उच्च शिक्षाका लागि विदेशमा अध्ययनरत नेपाली विद्यार्थीले भोग्नु परेका प्रमुख समस्यालाई एउटै बीमालेखमार्फत समाधान गर्ने उद्देश्यले सातवटा विशेषता समेटेर नविन बीमा योजना ल्याइएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले बताए।

कम्पनीका अनुसार, यो बीमा योजनामा अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीको बीमामा थप जोखिम सुरक्षण समावेशको सुविधा समेत समेटिएको छ। यसका लागि वार्षिक बीमाशुल्क जम्मा १६० अमेरिकी डलर(२२ हजार ९११) निर्धारण गरिएको छ। अष्ट्रेलियन बीमकबाट गरिएको बीमाको क्षतिपूर्ती रकमभन्दा बढी रकम भुक्तानी गर्नुपर्ने अवस्थामा यस्तो थप रकम नेको इन्स्योरेन्सले पुनर्बीमा कम्पनीमार्फत व्यहोर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS