काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो । आज सुन तोलामा २ लाख ४२ हजार ३ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा २ लाख ३९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेको हो । आज चाँदी तोलामा ३१ सय ५० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ३ हजार ९० रुपैयाँमा किनबेच भएको थियो।

















