IME Life New

हिमालयन रिइन्योरेन्सको नाफा साढे २४ करोड माथि, बढायो व्यापार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२।८३ को प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले २४ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०८१।८२ को यही अवधिमा कम्पनीले २२ करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ८.५८ प्रतिशतले बढेको छ।

Crest

चालु वर्षको असोजसम्म कम्पनीले शेयर प्रिमियममा शीर्षकमा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ सञ्चित गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म शेयर प्रिमियममा ३ अर्ब १२ करोड २७ लाख रुपैयाँ नै थियो।

शेयर पुँजी १० अर्ब ८६ करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब १३ करोड १९ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ४५ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९७ करोड २९ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ५५ करोड ६ लाख रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ९६ करोड ६८ लाख रुपैयाँ, महाविपत्ति कोषमा १९ करोड ८० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ८२ करोड ७६ लाख रुपैयाँ रहेको थियो भने अन्य इक्विटीमा १८ करोड ४८ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

चालु वर्षको पहिलो ३ महिनामा कम्पनीले १ अर्ब ११ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले १ अर्ब ६ करोड ६१ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ४.९० प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब १ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ९२ करोड ४४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ९.३६ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ९.०५ रुपैयाँ कायम छ। अघिल्लो वर्ष ईपीएस ८.७१ रुपैयाँ रहेको थियो। प्रतिशेयर नेटवर्थ १५४.९८ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ८४.९३ गुणा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS