IME Life New

अब सेवा प्रदायक स्वास्थ्य संस्थाले पाउने दाबीको २% रकम स्वास्थ्य बीमा कोषमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाले पाउने दाबी भुक्तानीको २ प्रतिशत रकम कट्टा गरी स्वास्थ्य बीमा कोषमा जम्मा गरिने भएको छ।

स्वास्थ्य बीमा बोर्डले आज एक सूचना जारी गर्दै यसबारे सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई जानकारी गराएको हो। ‘सेवा प्रदायक स्वास्थ्य संस्थाले प्राप्त गर्ने दाबी भुक्तानीबापत स्वीकृत रकमको २ प्रतिशत कट्टा गरी स्वास्थ्य बीमा कोषमा दाखिला गरिनेछ’, सूचनामा भनिएको छ।

Esewa
Crest

सेवा प्रदायक स्वास्थ्य संस्थाले प्राप्त गर्ने दाबी भुक्तानीको स्वीकृत रकमका २ प्रतिशत कोषमा जम्मा गर्ने निर्णय बीमा बोर्डको गत वर्ष चैत १९ गते बसेको बैठकले गरेको थियो। अब यो निर्णय कार्यान्वयनमा जाने भएको छ।

स्वास्थ्य बीमा कोषलाई बलियो बनाउन बोर्डले यस्तो निर्णय लिएको हो। कोष बलियो भएको अवस्थामा स्वास्थ्य बीमा सुधारमा टेवा पुग्ने विश्वास लिइएको छ।

स्वास्थ्य बीमा ऐनमा स्वास्थ्य बीमा कोषको व्यवस्था भए पनि सक्रिय थिएन। जसका कारण बीमा बोर्डले स्वास्थ्य मन्त्रालयबाट रकम प्राप्त गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS