IME Life New

कानुनी प्रणालीको दुरुपयोगले दशकौँदेखि बढ्दै दायित्व बीमा घाटाः ट्रिपल-आई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा कानुनी प्रणाली (एलएसए)को दुरुपयोगले दायित्व बीमालाई उल्लेखनीय रुपमा असर गरेको पत्ता लागेको छ।

बीमा मुद्दाहरुमा डाटा र विश्लेषण प्रदान गर्ने संस्था बीमा सूचना संस्थान (ट्रिपल–आई) र सम्पत्ति र दुर्घटना बीमामा विशेषज्ञता हासिल गर्ने एक्चुअरीहरुको व्यावसायिक समूह क्याजुअल्टी एक्चुरियल सोसाइटी (सीएएस)ले गरेको नयाँ अध्ययनले यस्तो पत्ता लागेको हो। अध्ययनले यी कारकहरुले विगत दशकमा दायित्व बीमा घाटा २३१.६ अर्ब डलर र २८१.२ अर्ब डलरबीच पुर्याएको देखाएको छ। जुन मानक आर्थिक मुद्रास्फीतिले व्याख्या गर्न सकिनेभन्दा धेरै बढी हो।

Esewa
Crest

‘दायित्व बीमामा मुद्रास्फीतिको प्रभावः २०१५–२०२४’ नामक अध्ययनले ठूला जुरी पुरस्कारहरु, मुद्दा वित्तपोषण र परिवर्तनशील कानुनी अभ्यासहरुजस्ता कारकले व्यक्तिगत अटो, व्यावसायिक अटो, अन्य दायित्व घटना र उत्पादन दायित्व घटना बीमा लाइनहरुमा दाबी लागत र रक्षा खर्चमा उल्लेखनीय वृद्धि गरेको छ भन्ने कुरा उजागर गरेको छ।

‘यो विश्लेषणले दायित्व बीमा दाबी घाटामा उल्लेखनीय वृद्धि सामान्य आर्थिक मुद्रास्फीतिभन्दा धेरै बढी भएको देखाउँछ’, ट्रिपल–१ का सीईओ सीन केभेलिघनले भने, ‘अत्याधिक फैसला र मुद्दा–मामिलामार्फत प्रकट हुने कानुनी प्रणालीको दुरुपयोगले दाबी लागतमा संरचनात्मक वृद्धि गरेको छ। जसले गर्दा बीमा कम्पनी र बीमित दुवैको लागतमा निरन्तर वृद्धि भएको छ।’

प्रतिवेदनअनुसार यी घाटाको सबैभन्दा ठूलो हिस्सा दाबीको संख्यामा वृद्धिको सट्टाप्रति दाबी लागत बढ्दै गएको कारणले हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS