IME Life New

पौने ४ करोडको बीमाः ‘रानी’ जस्तै बनाएर राखेका पतिको पत्नीले गरिन् हत्या !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको कर्नाटक राज्यमा हालै एउटा दर्दनाक घटना घटेको छ। यो घटनाले पूरै कर्नाटकलाई स्तब्ध बनाएको छ।

कर्नाटकको हावेरी जिल्लाका एक सिपाहीले ४ वर्षअघि आफ्नी प्रेमिकसँग विवाह गरे। उनलाई ‘रानी’ जस्तै व्यवहार गरे। सपनाको घर किने र नयाँ जीवनको जग बसाले। तर, पौने ४ करोड भारीय रुपैयाँको बीमा पोलिसीले यो सुखद् दम्पती जीवनलाई रक्तपातमा परिणत गर्यो।

Esewa
Crest

सीआरपीएफ एएसआई तारेशको मृत्यु भएको ५ महिनापछिका नयाँ खुलासाहरुले प्रहरी र समाज दुवैलाई स्तब्ध बनाएको छ। तारेशकी पत्नी दिव्याले बीमाको पैसाका लागि आफ्नो पतिको ज्यान लिएको आशंका गरिएको हो। परिवारका सदस्यहरुका अनुसार सात जुनी टिक्नुपर्ने सम्बन्ध लोभका कारण केही वर्षमै टुट्यो।

हासन जिल्लाको अर्सिकेरे निवासी र १५ वर्षदेखि सीआरपीएफमा सेवा गरिरहेका तारेशले ४ वर्षअघि चन्नरायपट्नाकी दिव्यासँग विवाह गरेका थिए। विवाहपछि दिव्याको आग्रहमा उनले बेंगलुरुको चन्द्र लेआउटमा नयाँ घर किनेका थिए। जुन १८ मा तारेश अचानक बेपत्ता नहुँदासम्म सबै कुरा ठीकठाक चलिरहेको थियो। जुन २३ मा हावेरी जिल्लाको शिग्गावीमा उनको शव फेला परेको थियो। उनकी पत्नी दिव्याको परिवारले यो आत्महत्या भएको दाबी गरे। तर, तारेशका आमा–बाबुले षड्यन्त्रको शंका गरे।

मृतकका बुवा बसवराजका दिव्याले पतिको मृत्यु हुनुभन्दा केही महिनाअघि मात्र भारु ३ करोड ७५ लाखको बीमा पोलिसी निकालेकी थिइन्। उनले सोधे, ‘घर ३० लाख ऋण लिएर किनिएको थियो तर उनले बीमाका लागि प्रतिमहिना १० हजार कसरी तिर्दै थिइन् ?’

परिवारले अब पोलिसी रकमका लागि आफ्नो छोराको हत्या भएको दाबी गरेको छ। उनीहरुले हावेरी चौकीका एसपीलाई सम्पर्क गरेका छन् र मुद्दाको पुनः अनुसन्धानको माग गरेका छन्।

एफएसएल रिपोर्टका अनुसार तारेशको मृत्यु निसास्सिएर भएको थियो र उनको शरीरमा रक्सीको अंश पनि भेटिएको थियो। परिवारले यो रिपोर्टलाई ‘शंकास्पद’ भनेको छ। बुबा भन्छन्, ‘मेरो छोराले कहिल्यै रक्सी पिएन।’

यो मुद्दा अहिले शिगावी डीएसपीको जिम्मामा छ। दिव्या र उनका भाइ दिलीपलाई फेरि सोधपुछ गर्न लागिएको छ।

हावेरीका एसपी यशोदा भान्तगोडीले भनिन्, ‘हामीले उजुरी प्राप्त गरेका छौँ र अनुसन्धान जारी छ। हामी मुद्दासँग सम्बन्धित प्रमाण संकलन गर्न जुनसुकै बेला बेंगलुरु जानेछौं।’

यो मुद्दा अहिले राज्यभर छलफलको विषय बनेको छ। के लोभले प्रेमलाई प्रतिस्थापन गर्यो ? वा यो सबै जानाजानी गरिएको चाल थियो ? यसको उत्तर अनुसन्धानबाट मात्र थाहा हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

20%
sad

दु :खी

0%
amazed

अचम्मित

40%
excited

उत्साहित

40%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS