काठमाडौं । बढ्दो भूराजनीतिक तथा आर्थिक अनिश्चिततासँग सामना गर्न सिंगापुरका व्यवसायीहरुका लागि बीमा बढ्दो रुपमा महत्वपूर्ण उपकरण बन्दै गएको छ।
बिज्लीको सन् २०२५ भूराजनीतिक तथा आर्थिक जोखिम तथा लचिलोपन प्रतिवेदनअनुसार ३ हजार ५०० वरिष्ठ व्यावसायिक लिडरहरुको सर्वेक्षणले कम्पनीहरुले परम्परागत सुरक्षाभन्दा बाहिर बीमा समाधानहरुमा बढ्दो रुपमा ध्यान केन्द्रित गरिरहेको पत्ता लागेको हो। सिंगापुरमा रहेका लगभग ३२% कम्पनीहरुले सन् २०२५ मा जोखिम र संकट व्यवस्थापन समावेश गर्ने बीमा पोलिसी लिने योजना बनाएका छन्। जुन सन् २०२४ मा २०% थियो।
बिज्लीका अनुसार व्यवसायीहरुले नयाँ बजारमा व्यापार विस्तार गर्न, ऊर्जा र खनिज स्रोतको सुरक्षा गर्न र साइबर खतरा तथा राजनीतिक अवरोधबाट उत्पन्न हुने जोखिमहरु कम गर्न बीमा प्रयोग गरिरहेका छन्।
सिंगापुरका लगभग बीमा कम्पनीका ७४% कार्यकारीहरुले भूराजनीतिक तथा आर्थिक अनिश्चिततालाई विकासको बाधाका रुपमा उल्लेख गरेका छन्। जुन संख्या सन् २०२५ को मध्यसम्ममा ७५% पुग्नेछ।
सिंगापुरमा महँगीको चिन्ता पनि बढेको छ। सन् २०२४ मा २५% को तुलनामा यस वर्ष ३०% ले महँगीलाई प्रमुख जोखिमका रुपमा उल्लेख गरेका छन्।
यसैबीच सर्भेमा सहभागी २६%ले आर्थिक अनिश्चिततालाई उनीहरुको सबैभन्दा ठूलो खतरा भनेका छन्। जुन एक वर्षअघि २०% भन्दा बढी हो।
लचिलोपनलाई बलियो बनाउन ३८% सिंगापुरका कम्पनीहरुले आफ्नो विदेशी सञ्चालनको सुरक्षाको पुनर्मूल्यांकन गर्ने योजना बनाएका छन्। जुन सन् २०२४ मा २५% थियो।
यसबाहेक सर्भेमा सहभागी १० मध्ये ९ कम्पनीहरुले भूराजनीतिक तनावका कारण आपूर्तिकर्ताहरु परिवर्तन गर्ने वा सञ्चालनलाई पुनः रुट गर्ने योजना बनाएका छन्। जुन जनवरीमा ८४% थियो।
चुनौतीहरुका बाबजुद सिंगापुरका धेरै कम्पनीले एआई, फ्युजन ऊर्जा र चन्द्र अन्वेषणजस्ता उच्च जोखिम र उच्च प्रतिफल क्षेत्रहरुमा लगानी गर्न जारी राखेका छन्। यी उद्यमहरुलाई सहयोग गर्न ३७% कम्पनीहरुले जोखिम व्यवस्थापन र नोक्सान रोकथाममा खर्च बढाइरहेका छन्। जुन सन् २०२४ को सुरुमा २१% थियो।
‘राजनीतिक जोखिम कभरेज, प्यारामेट्रिक आपूर्ति शृंखला सुरक्षा र संकट व्यवस्थापन सेवाहरुसहित नवीन बीमा समाधानहरुले व्यवसायहरुलाई अनिश्चित परिस्थितिहरुमा आत्मविश्वासका साथ सञ्चालन गर्न मद्दत गरिरहेका छन्’, बिज्ली फर्लोन्जका सीईओ र बिज्लीमा विशेष जोखिम समूह प्रमुख बेथानी ग्रिनवुडले भनिन्।

















