IME Life New

सन् २०३५ सम्म विश्व स्वास्थ्य बीमा बजार ३ ट्रिलियन डलरको पुग्ने, छिटो वृद्धि एसिया प्रशान्तमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व स्वास्थ्य बीमा बजार सन् २०३५ सम्म ३ ट्रिलियन डलरको पुग्ने प्रक्षेपण गरिएको छ।

मार्केट रिसर्च फ्युचरले जारी गरेको प्रतिवेदनअनुसार सन् २०२५ देखि २०३५ सम्म विश्व स्वास्थ्य बीमा बजारमा यो वृद्धि वार्षिक ३.८१ प्रतिशतको वृद्धिदरले हासिल हुनेछ। यो बजारमा एसिया प्रशान्त क्षेत्रले अन्य क्षेत्रभन्दा छिटो वृद्धि देख्ने पनि प्रतिवेदनमा उल्लेख छ।

Esewa
Crest

प्रतिवेदनअनुसार विश्व स्वास्थ्य बीमा बजार सन् २०२३ मा १.९ ट्रिलियन डलरको रहेको छ। सन् २०३५ मा यो बजारको आकार ३ ट्रिलियन डलरको पुग्नेछ।

बढ्दो स्वास्थ्य जागरुकता, दीर्घ रोगहरुको बढ्दो प्रसार, र बीमा पहुँच सुधार गर्न सरकारी प्रयासहरुले स्वास्थ्य बीमा बजार बढ्ने प्रतिवेदनमा उल्लेछ। ‘मधुमेह, मुटु रोग र क्यान्सरजस्ता दीर्घकालीन रोगमा विश्वव्यापी वृद्धिले स्वास्थ्य सेवा लागत पनि बढाइरहेको छ’, प्रतिवेदनमा भनिएको छ, ‘यसले गर्दा धेरै व्यक्ति र रोजगारदाता बीमा कभरेज खोज्न प्रेरित भएका छन्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS