IME Life New

प्राकृतिक प्रकोपबाट ११४ अर्ब डलरको बीमाकृत सम्पत्तिमा क्षति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२५ को पहिलो ९ महिनामा प्राकृतिक प्रकोपबाट कम्तीमा ११४ अर्ब डलरबराबरको विश्वव्यापी बीमा गरिएको सम्पत्तिमा क्षति पुगेको छ।

एओनको ग्लोबल क्याटास्ट्रोफ रिक्याप–२०२५ को तेस्रो त्रैमासिक रिपोर्टअनुसार कुल आर्थिक क्षति न्यूनतम २०३ अर्ब डलरमा रहेको छ। तेस्रो त्रैमासिकमा ठूला प्रकोपमा कमी आयो तर भूकम्प र गर्मीको लहरले लगभग १८ हजार जनाको मृत्यु भयो। जुन २१ औँ शताब्दीको औसतभन्दा ६६ प्रतिशत कम हो। अफगानिस्तानमा अगस्ट ३१ मा भएको भूकम्प सबैभन्दा घातक घटना थियो।

Esewa
Crest

एओनले ३६ वटा घटनाले प्रत्येकमा १ अर्ब डलरभन्दा बढी आर्थिक क्षति पुर्याएको जनाएको छ। जब कि २२ वटा घटनाले १ अर्ब डलरभन्दा बढीको बीमा गरिएको सम्पत्तिमा क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

विश्वव्यापी सुरक्षा अन्तर ४४ प्रतिशतको रेकर्ड न्यूनतममा झरेको छ। मुख्यतया अमेरिकामा उच्च बीमा कभरेजका कारणले गर्दा बीमा गरिएको सम्पत्तिको क्षति कुल क्षतिको ८८ प्रतिशत रहेको छ। गम्भीर संवहनी आँधीबेहरी सबैभन्दा महँगो जोखिम थियो। जसले गर्दा ५७ अर्ब डलरको बीमा गरिएको सम्पत्तिको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

प्यालिसेड्स आगलागीले मात्र २३ अर्ब डलरको बीमा गरिएको सम्पत्तिमा क्षति पुर्याएको छ। वन डढेलोले कुल ४० अर्ब डलरभन्दा बढी बीमा गरिएको सम्पत्तिमा क्षति पुर्याएको छ।

जुन २०२५ सम्ममा विश्वव्यापी पुनर्बीमा पुँजी रेकर्ड ७३५ अर्ब डलर पुगेको छ। विपत्ति बन्डको मात्रा वर्ष–दर–वर्ष लगभग २० प्रतिशतले बढेर ५४ अर्ब डलर पुगेको छ।

तेस्रो त्रैमासिकमा मात्रै बीमा गरिएको सम्पत्तिमा क्षति कुल १२ अर्ब डलर थियो। यो दीर्घकालीन औसतभन्दा ७२ प्रतिशत कम र सन् २००६ पछिको सबैभन्दा कम हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS