IME Life New

स्वास्थ्य बीमाः म्याद नाघेका बीमालेख नवीकरण गर्दा लाग्ने थप शुल्कको व्यवस्था हाललाई स्थगित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत म्याद नाघेका बीमालेख नवीकरण गर्दा लाग्ने थप शुल्कको व्यवस्था हाललाई स्थगित गरिएको छ।

स्वास्थ्य बीमा बोर्डले दर्ता सहयोगी तथा दर्ता अधिकारी सबैका नाममा एउटा परिपत्र जारी गर्दै उक्त हाललाई थप शुल्क लाग्ने व्यवस्था कार्यान्वयन निर्देशन दिएको हो। परिपत्रमा अर्को सूचना प्रकाशित नभएसम्मका लागि ‘स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकले बीमालेख नवीकरण गर्नेसम्बन्धी कार्यविधि, २०८२ अन्तर्गत लक्षित वर्ग नवीकरण तथा म्याद गुजारी नवीकरण गर्ने बीमितको हकमा लाग्ने थप शुल्कलगायतका नयाँ व्यवस्था कार्यान्वयन नगर्न निर्देशन दिइएको छ।

Esewa
Crest

बीमा बोर्डले उक्त कार्यविधि कार्यान्वयनका लागि स्वीकृत गरिसकेको छ। तर, हालको विकसित परिस्थिति तथा बीमा बोर्डलाई आवश्यक संरचना तयार गर्न थप समय लाग्ने भएकोले उक्त नयाँ व्यवस्था कार्यान्वयन नगर्न निर्देशन दिइएको हो।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS