IME Life New

स्वास्थ्य बीमाः सेवा प्रदायकले क्लेम कोड सकिनुभन्दा ७ दिनअघि नै माग गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थाले क्लेम कोड सकिनुभन्दा ७ दिनअघि नै स्वास्थ्य बीमा बोर्डसँग माग गर्नुपर्ने भएको छ।

बीमा बोर्डले आज एक सूचना जारी गर्दै क्लेम कोडका विषयमा यस्तो निर्णय भएको जानकारी गराएको हो। क्लेम कोड पाउन बीमा बोर्डको [email protected] मा ई–मेल गर्नुपर्नेछ।

Esewa
Crest

सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमितलाई सेवा प्रदान गरेपछि बीमा बोर्डमा दाबी भुक्तानी माग गर्न क्लेम कोड प्रयोग गर्ने गर्छन्। अब संस्थाहरुले क्लेम कोड सकिनुभन्दा ७ दिनभित्रै माग गर्नुपर्नेछ।

यसैगरी बीमा बोर्डले तथ्यांक सुरक्षा तथा गोपनीयता कायम गर्नका लागि सेवा प्रदायक स्वास्थ्य संस्थाले बीमा बोर्डमा सूचना आदानप्रदान गर्दा संस्थाको आधिकारिक ई–मेल ठेगानाबाट मात्र पत्राचार गर्न पनि आग्रह गरेको छ। व्यक्तिगत ई–मेलबाट पत्राचार नगर्न बीमा बोर्डले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS