काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले बीमालेख नवीकरण पुनर्जागरण गर्दा बक्यौता बीमाशुल्कमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट सुविधा प्रदान गर्ने भएको छ । यो सुविधा २०८२ भदौ १५ देखि २०८२ मंसिर मसान्तसम्म लागु रहने जनाएको छ ।
यो सीमित समयको अवसर भएकोले ढिला नगरी, मौकाको फाईदा उठाउन कम्पनीले सबैमा अनुरोध गरेको छ । आफ्नो बीमालेख नवीकरण गर्नु र सुरक्षित रहनु सबैको जिम्मेवारी रहेको समेत कम्पनीको भनाई छ ।

















