IME Life New

अमेरिकाले चीनबाट १३ अर्ब अमेरिकी डलरको बिट क्वाइन चोरीको षड्यन्त्र रचेको आरोप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनको साइबर सुरक्षा एजेन्सीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले चीनको लगभग १३ अर्ब डलर बराबरको बिटकॉइन चोरीको षड्यन्त्र रचेको आरोप लगाएको छ।

यो आरोप चीनको तर्फबाट ठूलो साइबर आक्रमणका पछाडी अमेरिकी सरकारको संलग्नता रहेको तथ्य स्थापित गराउने प्रयासका रूपमा आएको छ।

Esewa
Crest

सन् २०२० को डिसेम्बरमा भएको लुबियान बिटकॉइन माइनिङ पुलबाट १२७,२७२ बिटकॉइन टोकनको चोरी इतिहासको अहिलेसम्मकै ठूलो क्रिप्टो चोरी मध्ये एक हो।

चिनियाँ राष्ट्रिय कम्प्युटर भाइरस आपतकालीन प्रतिक्रिया केन्द्रका अनुसार, यो ह्याक सम्भवतः अमेरिकाको नेतृत्वमा रहेको “राज्य-स्तरीय ह्याकर अपरेशन” हो, जसले चोरी भएको बिटकॉइनको शान्त र सुस्त बहिर्गमन चालले यो कुनै सामान्य आपराधिक व्यवहार नभएर राज्यको स्तरबाटै भएको कारवाहीको पुष्टी गर्ने आधार दिन्छ।

एशियन इन्स्योरेन्स पोष्टका अनुसार, गत हप्ता प्रकाशित प्रतिवेदनले लुबियानबाट चोरी भएको बिटकॉइनलाई अमेरिकी सरकारले जफत गरेको टोकनहरूसँग जोडेको छ, जुन अमेरिकाले कम्बोडियन समूह प्रिन्स ग्रुपका अध्यक्ष चेन झीसँग सम्बन्धित रहेको बताएको छ। चेनलाई अमेरिकाले अक्टोबरमा वायर फ्रड (तार-ठगी) षड्यन्त्रमा संलग्न भएको र सम्पत्ती शुद्धिकरण योजना सञ्चालन गरेको आरोप लगाएको थियो।

गत अक्टोबर ८ मा न्यूयोर्कमा चेन विरुद्ध दायर गरिएको अभियोगमा, अमेरिकाले आरोप लगाएको छ कि उनी र अन्य सहयोगी षड्यन्त्रकारीहरूले लुबियान सहित “ठूला स्तरका” क्रिप्टो खानी सञ्चालनका लागि पैसा लगानी गर्न प्रयोग गरेर अवैध रकमलाई शुद्धीकरण गरेका थिए।

बिट क्वाइन(अर्थात् अभाैतिक पैसा) परम्परागत मुद्रा भन्दा फरक प्रकारको मुद्रा हो । यो पूर्णतः सूचना प्रविधिमा आधारित र जटिल किसिमको मुद्रा हो। बिट क्वाइनमार्फत कारोबार गर्दा डिजिटल माध्यमको दुरूपयोगबाट एउटै पैसा पुनः प्रयोग हुन नदिनका लागि क्रिप्टो माइनर(कारोबार नियन्त्रक)हरूले कारोबारको हिसाब राख्ने काम गर्छन्। उनीहरूले लेनदेनको हिसाबमाथि निगरानी राखेर एउटै बिट क्वाइन पटक पटक कारोबारमा प्रयोग गर्न दिंदैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS