IME Life New

खरानी पन्छाएर पुनः जुर्मुराउने प्रयास गर्दै भाटभटेनी परिवार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं ।

बल्ने छाैं रातमा राँको बनेर

Crest

चिच्याई रातमा डाँको छोडेर

उठ्नेछ देश उदाउने छाैं हामी

भत्केको घरलाइ उठाउनुछ माथि

सामाजिक सञ्जाल फेसबुकको रिलमार्फत सार्वजनिक गरिएको एउटा श्रव्यदृश्यमा पृष्ठभूमीमा गुञ्जिरहेको चलचित्र दिमाग खराबको यो जोशपूर्ण गीतमा ह्वारह्वार्ती बलेर खरानी भएको भाटभटेनी सुपर स्टोरमा आशाको त्यान्द्रो जोगाई राख्नका लागि भाटभटेनीका मजदुर कर्मचारी गहभरिको आँशु छच्छल्किन नदिई भग्नावेशषहरू पन्छाई रहेका देखिन्छन् ।

जेन जी‘ को आन्दोलनमा राज्यको तर्फबाट सोमबार भएको नृशंस दमन र त्यसको प्रतिकृयामा भोलिपल्ट भएको प्रदर्शनको आवरणमा भएको विध्वंश शायदै कसैको कल्पनामा थियो। शायदै कसैले सोचेका थिए, नेपालको माटोबाट नेपालमै उदाएका र नेपालमै सर्वश्व सुम्पिएका उद्यमी मिन बहादुर गुरूङको व्यापारिक विरासतमाथि पनि यत्रो ठूलो बज्रपात आइलाग्छ।

प्रदर्शनकारीले निजी क्षेत्रको स्वदेशी पूँजीमा ठडिएको ठूलो व्यापारिक प्रतिष्ठान् भाटभटेनी सुपर स्टोर निशाना बनाए। आक्रमणकारीको मुख्य निशाना बनाइँदा २८ मध्ये २१ वटा सुपरस्टोर जलेका छन्।

आन्दोलनमा निहत्था विद्यार्थी मारिएको आक्रोशमा भोलिपल्ट बुधबार उर्लिएको भीड अराजक बन्दा सार्वजनिक र निजी दुबै क्षेत्रले ठूलो धनजनको क्षति व्यहोर्नुपर्यो। क्षतिग्रस्त भाैतिक संरचना ढिलोचाँडो निर्माण होला तर, क्षतिग्रस्त हुँदा नेपालीको मनमा लागेको चोटको घाउ, कमजोर मानसिकतामा उद्यमीले लिन सक्ने अप्रिय निर्णय र नोक्सानीको अार्थिक मूल्य र समयको मूल्यको परिपुरण संभव हुनेछैन।

भाटभटेनी सुपरस्टोरको टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, वर्ल्ड ट्रेड सेन्टर, पाटन सहित सातवटा बाहेक बाँकी २१ वटा सुपर स्टोरमा ठूलो क्षति भएको छ। क्षति भएको २१ मध्ये १२ वटा सुपरस्टोर जलेर ध्वस्त बनेको छ। आक्रमणकारीले नक्साल, महाराजगञ्ज, कोटेश्वर, बाैद्ध, पोखरा, बालुवाटार गोदाम, पोखरा, भरतपुर, हेटाैंडा, बिर्तामोड, दमक, विराटनगर, धरान जलाएका छन्।

यसैगरी कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, भैरहवामा  चोरी डकैती र तोडफोड भएको छ।

रोजीरोटीका लागि भाटभटेनीमा आश्रित श्रमिक कर्मचारीहरू बिहीबारदेखि खरानी पञ्छाउँदै सुपरस्टोरको मृत झैं देखिने संरचनामा शक्ति भर्ने प्रयास गरिरहेका छन्।

लाखाै नेपालीको भान्सादेखि बैठक कोठासम्मको आवश्यकता पुरा गर्ने भाटभटेनी सुपरस्टोर पुनः पहिलेकै अवस्थामा फर्किन केही महिना अवश्य पनि लाग्नेछ।

विध्वंशकारीले मिन बहादुर गुरूङको निजी सम्पत्तिमा क्षति पुयाएको भ्रम पाले पनि भाटभटेनीको विरासत ठडिन सर्वसाधारणको रगत पसिनाको पैसा लगानी भएको छ। सर्वसाधारणले दुःख गरेर कमाएको रकम बैंकले ऋणको रूपमा भाटभटेनीमा लगानी गरेका हुन्।

भाट भटेनीले वर्षमा ३५ अर्बको कारोबार गर्दा थुप्रैको मुखमा माड लाग्न संभव भएको थियो। राज्यले मनग्ये कर, उपभोक्ताले सुलभरूपमा वस्तु, कामदार मजदुरले पारिश्रमिक, बैंकले सुरक्षित ऋण लगानीको क्षेत्र, उद्योगी व्यापारीले सहज व्यापार गर्ने ठाउँ पाएका थिए। तर विध्वंशकारीले सबका सब एक दिनमै सबै खरानी बनाइदिए।

भाटभटेनी पुरानो अवस्थामा फर्किन जति ढिला हुँदा, बैंकको ऋण उठ्न त्यति नै ढिला अनि बैंकको साँवा र ब्याज असुलीको तालिका पनि पछि धकेलिनेछ।

जीविकोपार्जनका लागि भाटभटेनीमा आश्रित सुरक्षा गार्ड, सेल्स गर्ल, चालक, मजदुर, स्थानीय उत्पादक, किसान सहित हजाराैंको मन कति रोइरहेको होला।

भाटभटेनी परिवार र यसमा आश्रितहरूको मनमा आशाको किरण जगाइरहन सामाजिक सञ्जालमार्फत केही शक्तिशाली शब्दहरू सहित आफ्नो संदेश बाँड्दै भाटभटेनी भनिरहेको छ, भाट-भटेनी फेरि उभिनेछ।

दुःखद क्षणहरू गुज्रिए, तर आशा हराएको छैन।

आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ मजबुत महसुस गरिरहेका छौं। 🙏

हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन्।

भाट-भटेनी फेरि उभिनेछ।

तपाईंहरूको साथमा, हामी भविष्यलाई अझ उज्यालो बनाउनेछौं।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS